
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीका कारण प्रभावित बनेका नागरिकका लागि नेपाल टेलिकमले निःशुल्क सेवा उपलब्ध गराएको छ । टेलिकमका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावितलाई दुई दिनका लागि प्रतिव्यक्ति प्रतिदिन ५० वटा एसएमएस र प्रतिदिन २ जिबी डेटा उपलब्ध गराइएको छ ।
साथै, एनसेलले पनि तीन दिनका लागि भ्वाइस, एसएमएस र डेटा निःशुल्क गरेको जनाएको छ । यसैगरी प्रभावितहरुको उद्धार, राहत र खोजीमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशूलीमा नेपाल आयल निगमबाट तत्काल हवाई इन्धनसहित ट्यांकर काठमाडौँबाट परिचालन गरिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने
विदेशबाट फर्किएका युवा भेडापालनमा
पौवादुङमामा किसान र पालिकाको साझेदारीमा ‘गाई–भैंसी पकेट कार्यक्रम’
आज प्रतिनिधिसभाको बैठक बस्दै
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
नेप्सेमा युनाइटेड मोदीको साढे ८ लाख कित्ता सेयर सूचीकृत
मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनदेशको सहटी दर कति ?