
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको छ। अहिले देशभर साधारणतया बादल लागिरहेको छ। कोशी प्रदेशका केही स्थान, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।
सोमबार पनि देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा वर्षा हुनेछ।
मधेस प्रदेश र कोशी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भू–भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
फेसबुक प्रतिक्रिया












समाचार
जिल्ला कारागार मोरङका कैदीबन्दीले गरे सीडीओविरुद्ध नाराबाजी
नर्भिक अस्पतालको छैटौं वार्षिक साधारण सभाको मिति परिवर्तन
१ सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द
भोटेकोशी बाढीः काभ्रेका ४१ अझै सम्पर्कविहीन, आठ जना परिवारको सम्पर्कमा
खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित
ढोल–झ्याम्टासँगै जाग्दै छ पाल्पाको लाखे संस्कृति
डलरको मूल्य स्थिर, युरो बढ्दा पाउण्ड घट्यो, कुन देशको विनिमयदर कति ?
नेपालका लायन्सहरूको तर्फबाट प्रधानमन्त्री राहत कोषमा १ कराेड बढी सहयाेग
पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक