
काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ । सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट उनकी श्रीमती चण्डिका श्रेष्ठको उद्धार गरिएको हो ।
उद्धार गरिएकी चण्डिकालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउन लागिएको प्रवक्ता कार्कीले जानकारी दिए । यसअघि नेपाली सेनाले अपर त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक जना चिनियाँ नागरिकको समेत उद्धार गरेको थियो । त्यस्तै, शुक्रबार त्रिशूली–३ ए को सुरुङबाट दुई जनाको उद्धार गरिएको थियो ।
सुरुङमा मानिस फसेको विवरण आइरहेका बेला बाढीले क्षति पुर्याएका घरका संरचनाभित्र पनि मानिस फसेको हुनसक्ने तथ्य चण्डिका श्रेष्ठको जीवित उद्धारपछि खुलेको हो । भोटेकोशी बाढीका कारण रसुवागढीदेखि धादिङको गलौंदी क्षेत्रसम्मका घर तथा बस्तीमा ठूलो क्षति पुगेको छ । कतिपय घर बाढीले पुरिएका छन् भने कतिपय संरचना बगाएका वा पल्टिएका छन् ।
बाढीले पुरिएका तथा क्षतिग्रस्त घरका संरचनाभित्र मानिस च्यापिएको हुनसक्ने आशंकामा खोज तथा उद्धार कार्यलाई थप व्यापक बनाउनुपर्ने देखिएको छ । चण्डिका श्रेष्ठको जीवित उद्धारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त घर तथा संरचनाभित्र पनि खोजी गर्नुपर्ने आवश्यकता थप स्पष्ट भएको छ ।












समाचार
निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक र सहकार्यमा आधारित हुनुपर्छ : अध्यक्ष श्रेष्ठ
रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा
सुरुङभित्र उद्धार गर्न स्विट्जरल्यान्डद्वारा नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण
भक्तपुरमा ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी पर्यटक
नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
चन्डिका श्रेष्ठको उद्धार हामी अझै डटेर लागिरहेका छौं भन्ने सन्देश हो : प्रधानमन्त्री
१७ सयको मासुको तुलनामा ग्यास महगो होइन : प्रमुख साह
तराईकै उद्योगमा भरेर काठमाडौं भित्र्याइँदैछ ग्यास सिलिन्डर
ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति, ‘२५ लाख सहयोग गरेर साढे ११ करोड असुलियो’
भोटेकोशी बाढी : एक हजार ३० शवको सुरक्षित व्यवस्थापन