
काठमाडौं । जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रका सुरुङभित्र उद्धार कार्यलाई सहज बनाउन स्विट्जरल्यान्डले नेपाललाई एक अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ। नेपालस्थित स्विट्जरल्यान्ड दूतावासका अनुसार त्यहाँको प्रसिद्ध ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ ले निर्माण गरेको ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विशेष अनुरोधमा ल्याइएको सो ड्रोन स्विट्जरल्यान्डका मानवीय सहायता विज्ञले प्राधिकरणलाई हस्तान्तरण गरे। यो ड्रोन विशेष गरी मानिस पुग्न नसक्ने अँध्यारा र साँघुरा सुरुङभित्र सजिलै उड्न र अवलोकन गर्न सक्षम छ। फ्लाईबिलिटीका ड्रोनमा विशेष घेरा हुने भएकाले सुरुङका भित्ता वा चट्टानमा ठोक्किए पनि नखसी निरन्तर उडान भर्न सक्छ।
नयाँ प्रविधिको प्रयोगबाट सुरुङभित्र जोखिमपूर्ण अवस्थामा रहेका मानिसको उद्धार गर्न धेरै सहज हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।












समाचार
निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक र सहकार्यमा आधारित हुनुपर्छ : अध्यक्ष श्रेष्ठ
रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा
भक्तपुरमा ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी पर्यटक
नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
चन्डिका श्रेष्ठको उद्धार हामी अझै डटेर लागिरहेका छौं भन्ने सन्देश हो : प्रधानमन्त्री
१७ सयको मासुको तुलनामा ग्यास महगो होइन : प्रमुख साह
तराईकै उद्योगमा भरेर काठमाडौं भित्र्याइँदैछ ग्यास सिलिन्डर
बाढीले पुरिएको घरबाट ११ दिन पछि नुवाकोटमा महिलाको जीवितै उद्धार
ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति, ‘२५ लाख सहयोग गरेर साढे ११ करोड असुलियो’
भोटेकोशी बाढी : एक हजार ३० शवको सुरक्षित व्यवस्थापन