
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले अहिले लघुवित्त क्षेत्र महत्वपूर्ण चरणमा रहेको र यसको स्थायित्वका बारेमा चासो बढ्न थालेको बताएका छन् ।
आइतबार डा हरिहरदेव पन्तको ११ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । उनले आगामी दिनमा लघुवित्त क्षेत्रलाई कसरी कायम राख्ने, यसमा आएका चुनौती कसरी चिर्ने भन्ने प्रश्न आउन थालेको बताए ।
डा भट्टले नेपाल राष्ट्र बैंकले २० बर्ष पहिला ल्याएको लघुवित्त नीति अब संशोधन गर्ने बेला आएको उल्लेख गरे । डा भट्टले साना उद्यमीको संरक्षण गर्नका लागि लघुवित्तको योगदान महत्वपूर्ण हुने बताए । समाजमा गरिबी निवारण गर्न, पछि परेका बर्ग तथा क्षेत्रमा लघु्वित्तको योगदान निकै रहेको,वित्तिय साक्षरता बढाउन योगदान रहेको धारणा राखे । उनले डा हरिहरले लघु उद्यमीको विकास गर्नका लागि लघुवित्त मार्फत ठूलो योगदान दिएको स्मरएण गरे ।
डा हरिहरले गरेको कामको गतिलाई छोरा जनार्दन देव पन्तले अनुशरण गरेकोमा उनले खुसी व्यक्त गरे ।कार्यक्रममा तत्कालिन बीमा समितिका पूर्वअध्यक्ष फत्तबहादुर केसीले नेपालमा लघुवित्तले गरिबी न्यूनीकरणमा ठूलो सहयोग गरेको बताए । उनले कोरोना जस्ता महामारि पछि नेपालको लघुवित्त क्षेत्रमा पन्तको मार्गदर्शन बढि आवश्यक देखिएको बताए ।
अघिले लघुवित्तमा चौतर्फी आक्रमण भएको समयमा डा पन्तको योगदान स्मरण गर्नुपर्ने उनको भनाइ छ ।कार्यक्रममा नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्कीले डा पन्त कुनै पनि स्वार्थमा नपरि काम गर्ने व्यक्ति भएको स्मरण गरे । पन्तको योगदान निर्धनमा मात्रै नभएर देशको हितमा भएको दाबी गरे ।
पन्त राष्ट्र बैंकमा हुँदा पनि व्यक्ति भन्दा संस्था जस्तो भएको स्मरण गरे ।नेपालमा बेला-बेला नितिहरु लतमाथि हुँदा लघुवित्त पनि यताउता हुने हो कि भन्ने त्रास हुने गरेको धारणा राखे । कार्यक्रममा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका अध्यक्ष जनार्दनदेव पन्तले लघुवित्तमा देखिएका चुनौती पार पर्दै लक्षित वर्गमा जानुपर्ने धारणा राखे ।उनले लघुवित्तबाट सुख, शान्ति तथा समृद्धि हासिल गर्न सकिने बताए ।
कार्यक्रममा विभिन्न विधामा पुरस्कार प्रदान गरिएको छ ।कार्यक्रममा लघु उधमी पुरस्कार बागमती प्रदेशकी रसिला तामाङलाई प्रदान गरिएको छ । यस्तै शैक्षिक उत्कृष्टता पुरस्कार कमल पौडेललाई प्रदान गरिएको छ । यो पुरस्कारकार राशी ५०/५० हजार रहेको छ ।












समाचार
भोलिदेखि आईपीओ निष्काशन गर्दै बेनी हाइड्रोपावर
फेरिए रसुवाको सीडीओ
तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता
रसुवा बाढी : १३ सय ४२ जना को मृत्यु, करिब ५ हजार बेपत्ता, १३ हजारभन्दा बढीको उद्धार
१५ बैंक शाखाका ७८ हजारभन्दा बढी बचतकर्ता प्रभावित,एनआईएमबीका ग्राहक सबैभन्दा धेरै
न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित
विन नेपाल र स्वरोजगार लघुवित्तले भोलिदेखि एकीकृत कारोबार सुरु गर्ने
लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन
रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै