
काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले मनकामना केबलकारका सम्पूर्ण कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन्।
कर्मचारीहरूले आफ्नो दुई दिनको तलब बराबरको रकम योगदानस्वरूप जम्मा गरेका हुन्। कर्मचारीहरूको तर्फबाट संकलित कुल ३ लाख ११ हजार २२२ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ।
उक्त रकम एभरेस्ट बैंक लिमिटेडको नयाँ बानेश्वर शाखामा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको हो। प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारीहरूले आफ्नो तलबबाट उक्त रकम योगदान गरेका हुन्।
मनकामना केबलकारले विपद्को समयमा प्रभावित नागरिकको सहयोगका लागि सबै क्षेत्रबाट मानवीय सहयोग र सहकार्य आवश्यक रहेको जनाएको छ। कर्मचारीहरूको यस योगदानले बाढीपीडितको राहत तथा पुनःस्थापना कार्यमा केही सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।













समाचार
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध कुल मौज्दात करिब १२अर्ब
जेनजी शहीदको बलिदान खेर जान दिँदैनौँ : सांसद सुनार
महासंघका अध्यक्ष श्रेष्ठ र विश्व बैंकका देशीय अर्थशास्त्री मिजियावा बीच भेटवार्ता
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
सुपर मादी हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन
बाढी प्रभावित व्यवसायीलाई निजी क्षेत्र एक्लो हुन दिँदैन : पूर्वअध्यक्ष ढकाल
नेपालको अपराजित यात्रामा पूर्णविराम, हङकङसँग १५ रनले पराजित
कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफुल
चीनद्वारा नेपाललाई चौथो किस्ताको राहत सामग्री हस्तान्तरण
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की