
काठमाडौं । भोटेकोशीमा आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य र भरणपोषणमा एमआइटी फाउन्डेसनले रु ५७ करोड ८५ लाख प्रदान गर्ने भएको छ ।
सहयोगसम्बन्धी समझदारीपत्रमा शुक्रबार यहाँ आयोजित सङ्क्षिप्त कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यसचिव दुर्गाप्रसाद चालिसे र फाउन्डेसनका अध्यक्ष शेष घलेले हस्ताक्षर गरे।
समझदारीअनुसार बाढीबाट प्रभावित १८ वर्षमुनिकालाई सुरक्षित पारिवारिक वातावरणमा हुर्काउने, शिक्षा, स्वास्थ्य, पोषण र मनोसामाजिक सहयोग प्रदान गरिने छ । साथै, नातेदारमार्फत हुने हेरचाहलाई प्राथमिकता दिइनेछ भने संस्थागत हेरचाहलाई अन्तिम विकल्पका रूपमा लिइनेछ ।
समझदारी हस्ताक्षर भएको मितिदेखि बढीमा १८ वर्षसम्म सहयोगलाई निरन्तरता दिइने छ । परिषद्ले लाभग्राहीको पहिचान, समन्वय तथा बाल संरक्षणमा सहजीकरण गर्नेछ भने फाउन्डेसनले वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।












समाचार
भन्सार छलीका सामान बिक्री वितरण गर्ने तीन जना पक्राउ
नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद
समयको मागअनुसार संविधानको संवर्द्धन गर्नु समयोचित हुन्छ : मन्त्रिपरिषद् पूर्वअध्यक्ष रेग्मी
आज कागे अष्टमी पर्व मनाइँदै
आज संविधान दिवस देशभर मनाईंदै
सेयर बजारमा ८७ अंकको वृद्धि, ६ अर्ब माथिको औषत कारोबार
एक सातामा २ हजार १ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?
मनसुनी र पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
शनिबारका लागि यस्तो छ विदेशी मुद्राको विनियमदर