
काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु हाम्रो राष्ट्रिय लक्ष्य र संवैधानिक मार्गचित्र भएको बताएका छन्।
संविधान दिवस २०८३ का अवसरमा आज शुभकामना दिँदै उनले समयको मागअनुसार संविधानको सम्वद्र्धन गर्नु समयोचित हुने बताए । पूर्वअध्यक्ष रेग्मीले लामो सङ्घर्ष, विभिन्न समयका जनआन्दोलनको उपलब्धिस्वरूप संविधानसभाबाट २०७२ सालमा नेपाली जनताले आफ्नो संविधान आफैँ बनाउन सफल भएको स्मरण गरे ।
पहाडी मुलुक–भूकम्पीय जोखिम, बाढी पहिरो, जलवायु परिवर्तनको असर हाम्रा जीवनका प्राकृतिक चुनौती भएको उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले संविधान दिवसले प्राकृतिक विपद्को सामना गर्न एक जुट भई अघि बढ्ने सामथ्र्य प्राप्त होस् भनी कामना गरे ।
हालैको भोटेकोशी बाढीले ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै उनले हजारौँ मानिस बेपत्ता भएको घटनाले सबैलाई मर्माहत तुल्याएको बताए। “यसपटकको रसुवा बाढी अत्यधिक वर्षाको कारण नभई हिमपहिरोका कारण भएको र त्यसलाई जलवायु परिवर्तनको असर मानिन्छ”, पूर्वप्रधानन्यायाधीश रेग्मीले भने, “जोसँग जुध्ने र क्षति बेहोर्ने हामीसँगको क्षमताले पुग्दैन । त्यसैले हामीलाई जलवायु न्याय चाहिएको छ, क्षतिपूर्ति चाहिएको छ ।”
जलवायु न्यायका लागि नेपाललाई अन्तरराष्ट्रिय सहयोग अनिवार्य आवश्यकता बनेको उल्लेख गर्दै उनले यसका लागि संयुक्त राष्ट्रसङ्घले महत्वपूर्ण भूमिका खेलिदिनुपर्नेमा जोड दिए । उनले दीर्घकालीन रूपमा यस्ता विपत्तिको सामना गर्ने आफ्नै सामथ्र्य र क्षमता बढाउँदै जानुपर्नेमा पनि जोड दिए ।












समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम