
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भन्सार छली गरी ल्याइएका सामान भण्डारण तथा बिक्री वितरण गरेकाे आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले २०८३ असोज २ गते उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको गोदामबाट विभिन्न सामानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सिन्धुली कमलामाई–८ घर भई हाल काठमाडौं कपन बस्ने ३६ वर्षीय नवराज चौलागाईं, काठमाडौं बूढानीलकण्ठ–१० कपनकी ३८ वर्षीया अस्मिता हुमागाईं र सिन्धुली कमलामाई–८ घर भई हाल काठमाडौं महानगरपालिका–९ बस्ने ३८ वर्षीय जनकप्रसाद न्यौपाने रहेका छन्।
प्रहरीका अनुसार नवराज र अस्मितालाई बूढानीलकण्ठ–१० कपनबाट तथा जनकप्रसादलाई काठमाडौं महानगरपालिका–७ चाबहिलबाट पक्राउ गरिएको हो। बरामद सामानसहित तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर, काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।












समाचार
नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद
समयको मागअनुसार संविधानको संवर्द्धन गर्नु समयोचित हुन्छ : मन्त्रिपरिषद् पूर्वअध्यक्ष रेग्मी
बाढी प्रभावित बालबालिकाको संरक्षणमा एमआइटी फाउन्डेसनले सघाउने
आज कागे अष्टमी पर्व मनाइँदै
आज संविधान दिवस देशभर मनाईंदै
सेयर बजारमा ८७ अंकको वृद्धि, ६ अर्ब माथिको औषत कारोबार
एक सातामा २ हजार १ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?
मनसुनी र पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
शनिबारका लागि यस्तो छ विदेशी मुद्राको विनियमदर