
काठमाडौं । नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने विद्यार्थी छनोट प्रक्रिया आजदेखि सुरु भएको छ । निमा एजुसेशन फाउण्डेसनले आज यहाँ एक कार्यक्रमसहित आगामी वर्ष हुने ‘कोडेभर अन्तर्राष्ट्रिय’ प्रतिस्पर्धामा भाग लिने नेपाली विद्यार्थी छनोट प्रक्रिया शुभारम्भ गरेको हो ।
सातदेखि १८ वर्ष उमेर समूहका विद्यार्थीले भाग लिन पाउने सो अन्तरराष्ट्रिय प्रतियोगितामा करिब ५० देशका प्रतिस्पर्धी हुने फाउण्डेसनले जनाएको छ ।
उनका अनुसार परिवर्तित विश्वपरिवेशमा आलोचनात्मक सोच, सिर्जशीलता, सहकार्य एवं सञ्चार गरी चार महत्वपूर्ण सीप र क्षमता विकासमा जोड दिने नीतिसहित नवप्रवर्तन तथा उद्यमशीलता, स्वच्छ ऊर्जा तथा विश्वव्यापी ऊर्जा सङ्कटसम्बन्धित चुनौतीको समाधान गर्न रोबोटिक्स तयार गर्ने र फुटबल खेल्ने रोबोटिक्स तयार गरी प्रतिस्पर्धा गर्ने कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।
जाकार्ताका साथै यसअघि सन् २०२४ मा दुबईमा ६० विद्यार्थीसहित २० टोली र सन् २०२५ मा कतारको दोहामा ७२ विद्यार्थीसहित १९ टोलीले ‘कोडेभर अन्तर्राष्ट्रिय’ प्रतियोगितामा भाग लिई उल्लेखनीय परिणाम ल्याउन सफल नेपालले यसपटक १० उत्कृष्ट मुलुकभित्र पर्नका लागि आवश्यक तयरी गरिहेको फाउण्डेसनका कार्यकारी अधिकृत निश्चल प्रधानले जानकारी दिए ।
उनले थाइल्याण्डमा हुने प्रतियोगिताअन्तर्गतको देशीय प्रतिस्पर्धी छनोट प्रक्रियामा करिब आठ हजार नेपाली विद्यार्थी सहभागी हुने अपेक्षा गरेको बताउँदै कार्यक्रम संयोजक श्रेष्ठले चरणबद्ध रुपमा निश्चित विधि–प्रक्रिया, कार्यक्षमता र मापदण्डका आधारमा छनोट हुने नेपाली विद्यार्थीले नवीन सूचना प्रविधिमा आधारित अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गर्ने विश्वास व्यक्त गरे । सो अन्तर्राष्ट्रिय प्रतियोगिता आगामी वैशाख, जेठमा हुने फाउण्डेसनले जनाएको छ ।












समाचार
संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री
नेपाली क्रिकेट टोलीको बिदाइ
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भारत र बंगलादेशमा साढे ५६ करोड युनिट बिक्री
भारतीय उद्योगपतिलाई नेपालमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह
भारतद्वारा नेपाललाई १३० टनभन्दा बढी सहायता सामग्री हस्तान्तरण
प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
त्रिशूली-१ जलविद्युत् आयोजनामा बेपत्ता ११ जनाको शव फेला
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका दुई नेपाली ग्राहकको सम्मान
विपद्पछिको पुनर्निर्माणमा सार्वजनिक–निजी साझेदारी र एकीकृत आवास विकासमा जोड
धितोपत्र बोर्डबाट राष्ट्रिय वाणिज्य बैंकले पायो रु. ३ अर्बको ऋणपत्र निष्कासन गर्ने अनुमति