
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । तालिकाअनुसार कातिक ९ गते सोमबारदेखि प्रतियोगिता शुरु हुनेछ।
प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । कातिक १० गते मंगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजसँग खेल्दा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् ।
लिग चरणका प्रतिस्पर्धा कातिक २९ गतेसम्म जारी रहनेछन् । त्यसपछि प्लेअफका खेलहरू हुनेछन् । निर्धारित तालिकाअनुसार मंसिर १ गते पहिलो क्वालिफायर आयोजना हुनेछ भने त्यसको भोलिपल्ट अर्थात् मंसिर २ गते एलिमिनेटर खेलाइनेछ । मंसिर ३ गते दोस्रो क्वालिफायरपछि प्रतियोगिताको निर्णायक खेल मंसिर ५ गते फाइनल खेल हुनेछ ।
प्रतियोगितामा विराटनगर किंग्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्ट्स, काठमाण्डौ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् । एनपीएलका सबै खेलहरू कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट रंगशालामा हुनेछन् । यसअघि सम्पन्न दोस्रो संस्करणमा लुम्बिनी लायन्सले उपाधि जितेको थियो ।













समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा डेविड, निर्देशक झपिन्द्र
सप्तरीबाट १४ सय किलो गाँजा बरामद
सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ
आरोहण टोली धवलागिरि आधार शिविरमा
रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो
छारेभिरमा पहिरो खसेपछि कर्णाली कोरिडोर ठप्प
बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध
ब्राइटनसँग आर्सनलको हार
नेप्से परिसूचक १४४ अंकले घट्यो, पुँजीकरणमा पनि गिरावट
देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, ३ प्रदेशमा भारी वर्षाको सम्भावना