
काठमाडौं । ग्लोबल आइएमई बैंकको शतप्रतिशत लगानीमा सञ्चालित ग्लोबल आइएमई सेक्यूरिटिज लिमिटेडको तेश्रो वार्षिक साधारणसभा असोज ४ गते होटल क्रिस्टल पशुपति, गौशालामा सम्पन्न भएको छ।
कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त सभामा ग्लोबल आईएमई बैंक, कम्पनी रजिष्ट्रार तथा अन्य गण्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
अध्यक्ष पोखरेलले चालु वर्ष कम्पनीका लागि लाभांश वितरणका दृष्टिले चुनौतीपूर्ण रहेको बताउँदै, कठिन परिस्थितिका बाबजुद कम्पनीको सञ्चालन निरन्तर राख्न सहयोग गर्ने एकमात्र सेयरधनी ग्लोबल आइएमई बैंक लिमिटेडप्रति सञ्चालक समितिका तर्फबाट आभार व्यक्त गरे। साथै नियामक निकाय, व्यावसायिक साझेदार तथा कर्मचारीहरूको योगदानको प्रशंसा गर्दै आगामी दिनमा राजनीतिक स्थायित्व फर्किने विश्वास र थप गुणस्तरीय सेवा प्रदान गर्दै सबै सरोकारवालाको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
सभामा सञ्चालकद्वय विकासराज पाण्डे र विजय कार्की, प्रमुख कार्यकारी अधिकृत प्रवीना पाण्डे तथा ग्लोबल आइएमई बैंकका प्रतिनिधि टिकाराम पाण्डेले आ-आफ्ना धारणा राखेका थिए।
सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको वित्तीय विवरण तथा नियुक्ति, चुक्ता पूँजीको ३.८ प्रतिशतका दरले नगद लाभांश वितरण, र प्रबन्धपत्र संशोधन सम्बन्धी प्रस्तावहरू सर्वसम्मतिले पारित गर्यो।













समाचार
दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा
झण्डा प्राविधिक कुरा हो, अर्थमन्त्रीको भारत भ्रमण उपलब्धीपूर्ण– रास्वपा
अब जनताले देशको चाबी श्रम संस्कृतिलाई हस्तान्तरण गर्ने सुदन किरातीको दाबी
पाल्पा जीप दुर्घटनामा घाइते एक जनाको मृत्यु, ५ जनाको उपचार हुँदै
बेनी हाइड्रोपावरको आईपीओ कहिले बाँडफाँड हुन्छ ?
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
दुई महिनामामा श्रम स्वीकृति लिनेकाे संख्या १ लाख बढी
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका ९ स्थानीय तह तयार
६ महिने सुत्केरी बिदा आरामका लागि होइन, आमा र बच्चाको स्वास्थ्यका लागि हो : सांसद थपलिया