सेयर बजारमा सामान्य अंकको वृद्धि, कारोबार ७ अर्ब माथि

काठमाडौं । यो साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेको छ । अघिल्लो दिन कारोबार बन्द रहेको सेयर बजारमा आज ७.०६ अंकले बढेको हो ।

आजको कारोबार बन्द हुन्दा नेप्से परिसूचक ७ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ कम्पनीको सेयर मूल्य घटेको छ । आज ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.७१ अंकले बढेर ४७३.७९ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटाको घटेको छ । परिसूचक बढेको दिन सेयर बजारमा ७ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३५६ कम्पनीका २ करोड १५ लाख ८९ हजार ७६१ कित्ता सेयर ७० हजार ६९१ पटक खरिद बिक्री हुँदा ७ अर्ब ५ करोड ३ लाख ९८ हजार ६२४ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट