डोल्पामा सीता एयर दुर्घटना

काठमाडौं । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ । नेपालगन्जबाट उडेको सीता एयरको ९एन–एजे जहाज बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार अवतरणका क्रममा जहाजको पछाडिपट्टिको दायाँ चक्का बाहिर निस्किएपछि दुर्घटना भएको हो । चक्का खुस्किएपछि जहाज केही पर उछिट्टिएको प्रहरीले जनाएको छ । पाइलटले तत्काल इन्जिन बन्द गरेपछि जहाजमा आगलागी हुनबाट जोगिएको छ । दुर्घटनापछि जहाज अहिले पनि रनवेमै रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर