
काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपालका लागि आफ्नो आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा नेपालकै पहिलो हाइपर स्पोर्ट्स स्कुटर ‘टीभीएस एनटर्क १५०’ (TVS NTORQ 150) सार्वजनिक गरेको छ।
काठमाडौँको नक्सालमा आयोजित एक विशेष कार्यक्रमका बीच १०० भन्दा बढी सञ्चारकर्मी तथा ५० भन्दा बढी कन्टेन्ट क्रिएटरहरूको उपस्थितिमा उक्त स्कुटर नेपाली बजारमा भित्र्याइएको हो। नयाँ पुस्ताका राइडरहरूलाई लक्षित गरी तयार पारिएको यो स्कुटरमा १४९.७ सीसीको रेस-ट्युन्ड इन्जिन र स्टेल्थ एयरक्राफ्ट (Stealth Aircraft) बाट प्रेरित आकर्षक डिजाइन समावेश गरिएको छ।
उत्कृष्ट पर्फर्मेन्स र गतिटीभीएस एनटर्क १५० मा १४९.७ सीसी एयर-कुल्ड O3CTech इन्जिन जडान गरिएको छ, जसले ७,००० आरपीएममा १३.२ पीएस पावर र ५,५०० आरपीएममा १४.२ एनएम टर्क उत्पन्न गर्छ। यस स्कुटरले मात्र ६.३ सेकेन्डमा ० देखि ६० किमी/घण्टा को गति समात्न सक्ने क्षमता राख्छ भने यसको अधिकतम गति (Top Speed) १०४ किमी/घण्टा रहेको छ।
यस क्षमताका साथ यो आफ्नो सेग्मेन्टकै सर्वाधिक द्रुत स्कुटरमध्ये एक बनेको छ। अत्याधुनिक प्रविधि र ५० भन्दा बढी कनेक्टेड फिचर्सनयाँ एनटर्क १५० मा टीभीएस स्मार्टएक्सकनेक्ट (TVS SmartXonnect™) प्रविधि दिइएको छ, जसमा ५० भन्दा बढी स्मार्ट कनेक्टेड फिचर्स उपलब्ध छन्। नेभिगेसन र अलर्ट: टर्न-बाय-टर्न नेभिगेसन, कल/म्यासेज अलर्ट, राइड मोड्स र लास्ट पार्क गरिएको लोकेसन पत्ता लगाउने सुविधा। सुरक्षा र कन्ट्रोल: सेग्मेन्टमै पहिलोपटक ‘ट्र्याक्सन कन्ट्रोल’ (Traction Control) र सिंगल च्यानल एबीएस (Single Channel ABS) दिइएको छ। यसका साथै हजार्ड ल्याम्प र फलो-मी हेडल्याम्पले सुरक्षालाई थप मजबुत बनाएका छन्।
स्पोर्टी र फ्युचरिस्टिक डिजाइनयसको डिजाइन स्टेल्थ फाइटर जेटबाट प्रेरित रहेको छ। स्कुटरमा मल्टिपोइन्ट प्रोजेक्टर हेडल्याम्प, एरोडाइनामिक विङ्गलेट्स, बाइक शैलीको नेकेड ह्यान्डलबार, रंगीन अलोय ह्विल र टी-सेप (T-Shape) सिग्नेचर टेल ल्याम्प राखिएको छ। दैनिक प्रयोगलाई सहज बनाउन यसमा २२ लिटरको अन्डर-सिट स्टोरेज, टेलिस्कोपिक सस्पेन्सन, एडजस्टेबल ब्रेक लिभर र पेटेन्टेड E-Z सेन्टर स्ट्यान्ड जस्ता सुविधाहरू छन्।
मूल्य र उपलब्धताटीभीएस एनटर्क १५० नेपाली बजारमा स्टेल्थ सिभ्लर (Stealth Silver), रेसिङ रेड (Racing Red) र टर्बो ब्लु (Turbo Blue) गरी तीन आकर्षक रंगहरूमा उपलब्ध गराइएको छ। कम्पनीले यसको प्रारम्भिक मूल्य ३ लाख ६९ हजार ९०० रूपैयाँ तोकेको छ। यो स्कुटर हाल नेपालभरका जगदम्बा मोटर्सका आधिकारिक शोरुमहरूमा बिक्रीका लागि उपलब्ध भइसकेको छ।












समाचार
सम्पदा र पर्यटन जोड्न नाट्टा हेरिटेज रन, पुरुषतर्फ रविन्द्र र महिलातर्फ सुजिनालाई उपाधि
२ महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात
पहिरोका कारण सडक प्रभावित, मनकामना दर्शन तथा केबलकार सेवा भने सञ्चालनमा
हिम्लुङ हिमाल बेसक्याम्पमा हिमपहिरो, उद्धार टोली घटनास्थलतर्फ
सुदूरपश्चिममा कमजोर बन्दै न्यून चापीय प्रणाली
नगर विकास कोष खारेज गरिँदै, एक खर्ब अधिकृत पुँजीको पूर्वाधार विकास कोष बन्दै
बाँकेमा अविरल वर्षाका कारण पाकेको धानबाली ढलेर क्षति, किसान चिन्तित
आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा रिहा
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन