
पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को आगामी निर्वाचन लागि वरिष्ठ पर्यटन व्यवसायी सागर पाण्डे नेतृत्वको विसुद्व व्यावसायिक प्यानल घोषणा गरिएको छ । आगामी भदौ १७ गते वार्षिक साधारण सभासँगै सम्पन्न हुने टान निर्वाचनका लागि सबै विचार समुह, भूगोल, समुदायलाई समेटिएको व्यावसायिक तथा नेतृत्व गर्नसक्ने सक्षम टिम आइतबार घोषणा गरिएको हो ।
पाण्डे नेतृत्वको प्यानलमा बरिष्ठ उपाध्यक्ष पदका लागि चोलेन्द्र बहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा तामाङ, द्धितीय उपाध्यक्षमा विशेष थापा, महासचिवमा सोनाम जी शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेश प्रसाद न्यौपाने तथा सहकोषाध्यक्षमा डम्बर अधिकारीले उम्मेदावरी घोषणा गरेका छन् । त्यस्तै सदस्यहरुमा माधव कुमार धमला, विनोदकुमार तामाङ, मेरे कार्की, होमबहादुर विश्वकर्मा, अम्बिर बहादुर गुरुङ, शिव प्रसाद सिलवाल, उत्सव ढकाल, फुर्पु छिरिङ ल्हामु (भोटे) र शृष्टी भण्डारी प्रयासी रहेका छन् ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह