
इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम र लेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडेका छन् । गत राति भएको खेलमा दुइ टोली १–१ गोलको बराबरीमा रोकिएका हुन् ।
३७ वर्षीय स्ट्राइकर जेमी भार्डीको गोलसँगै इङ्लिस प्रिमियर लिगको पहिलो खेलमा लेस्टर सिटीले अंक जोडेको छ । टोटनह्यामले ठूलो अग्रता बनाउने प्रशस्त अवसर पाएको थियो । तर, यही सिजन अनुबन्धित भएका डोमिनिक सोलान्के पनि केही अवसर गुमाए ।
२९ औं मिनेटमा स्पेनिस डिफेन्डर पेड्रो पोरोले टोटेनह्यामलाई सुरुआती अग्रता दिलाएका थिए। उनले लेस्टरका दुई डिफेन्डरलाई बिट गर्दै हेडरबाट बललाई जाली चुमाए । तर, सन् २०१६ मा लेस्टरलाई इङ्लिस प्रिमियर लिगको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका भार्डीले बराबरी गोल फर्काएका थिए ।
फेसबुक प्रतिक्रिया













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन