
बुधबार अमेरिकी डलरको मूल्य घटेको छ भने पाउण्ड र युरोको मूल्य बढेको छ । आज अघिल्लो दिन स्थिर रहेको डलरको मूल्य घटेको हो भने युरो र पाउण्डको मूल्य बढेको हो ।
नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३८ पैसा कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ९० पैसा र बिक्रीदर १३४ रुपैयाँ ५० पैसा रहेको थियो । त्यस्तै आज युरोको विनिदमयदर भने बढेको छ । आज एक युरोको खरिददर १४८ रुपैयाँ १९ पसा र बिक्रीदर १४८ रुपैयाँ ८५ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४३ पैसा रहेको थियो ।
यसैगरी बुधबार बेलायती पाउण्डको विनिमयदर पनि बढेको छ । आज एक युरोको खरिददर १७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६३ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७४ रुपैयाँ १३ पैसा रहेको थियो ।
राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ५ पैसा र बिक्री दर ९० रुपैयाँ ४५ पैसा रहेको छ । त्यस्तै आज क्यानडियन डलर एकको खरिददर ९८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७० पैसा रहेको छ । बुधबार सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ २६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७२ पैसा कायम भएको ।
आज जापानी ऐन १० को खरिददर ९ रुपैयाँ १३ पैसा र बिक्रीदर ९ रुपैयाँ १७ पैसा, चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा रहेको छ । त्यस्तै आज साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ६५ पैसा र बिक्री दर ३५ रुपैयाँ ८१ पैसा रहेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा कायम भएको छ । बुधबारका लागि राष्ट्र बैंकले युएइ दिराम १ को खरिदर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५९ पैसा तोकेको छ ।
त्यस्तै मलेसियन रिंगिट एकको खरिद दर ३० रुपैयाँ ५६ पैसा र बिक्री दर ३० रुपैयाँ ७० पैसा रहेको छ । मंगलबार दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३ पैसा छ भने बिक्री दर १० रुपैयाँ ७ पैसा रहेको छ ।













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द