
काठमाडौं । उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले पनि अर्थतन्त्र पूर्ण रुपमा शिथिलताबाट बाहिर आइनसकेको बताएका छन् । आज नेपाल उद्योग तथा व्यवसायी महासंघको आयोजनामा भएको ‘सुदृढ अर्थतन्त्र निर्माणको आधार ः सवलल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषय अन्तक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले अहिलेको सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताएका हुन् ।
‘सरकार सबै क्षेत्रका निराशालाई चिर्दै अघि बढीरहेको छ । तर अहिले पनि हामी पूर्ण रुपमा शिथिल अर्थतन्त्रबाट बाहिर आउन सकेका छैनौ,’ उनले भने,‘ अहिले युवा, किसान, मजदुर, व्यवसायी सबैमा निराशा छ । यसलाई चिर्नका लागि यो सरकारको पहिलो प्राथमिकता हो ।’ सरकारले निजी क्षेत्रका समस्या समाधान गर्नका लागि कुनै पनि कसर बाँकी नराख्ने उनको भनाइ थियो ।
निजी क्षेत्रको पिडामा मलम लगाउनका लागि सकाराल सधै तयार रहेको उनले बताए । ‘निजी क्षेत्र वा व्यवसायीहरु पिडामा रहेको बेला यो सरकार टुलुटुलु हेरेर बस्दैन,’ उनले भने । अहिलेको सरकारले निजी क्षेत्र लगात सबै क्षेत्रमा आशा जागाउने गरी काम गरिरहेको उनले बताए । ‘सरकारको संकल्प नै निजी क्षेत्रलाई सहजा बनाउने हो,’ उप प्रधानमन्त्री पौडेलले भने ।
अहिले अर्थतन्त्रमा केही सुधार देखिएको भए पनि पूर्ण रुपमा अर्थतन्त्र सुधार भएको अवस्था नभएको भने उनले स्वीकार गरे । ‘अहिले केही सुचक सधारात्मक छन् । जस्तै सेयर बजार, राजश्व संकलन, पुँजीगत खर्च । तर, यो सानो अंश मात्रै हो,’ उनले भने । चालु आर्थिक वर्षमा सरकारले गत आवको भन्दा २० प्रतिशत राजश्व संकलन गरेको उनले जानकारी दिए । ‘चालु आर्थिक वर्षका पहिलो महिनामा गत वर्षको भन्दा २० प्रतिशत बढी राजश्व संकलन भएको छ । तर, बजेटको लक्ष्य पुरा गर्नका लागि हामीले ३० प्रतिशतले राजश्व संकलन बढाउनु पर्ने हुन्छ,’ अर्थमन्त्री पौडेलले भने ।
अहिले केही सकारात्मक देखिएको भए पनि यसमा थप सुधारको खाँचो रहेको उनले बताए । अहिले पुँजी बजारसँगै घरजग्गाको कारोबार पनि वृद्धि भइरहेको उनको भनाइ छ । मौद्रिक नीतिमा लिएको लचिलो नीतिका कारण अहिलेको अर्थतन्त्रमा सुधार देखिएको उनको दाबी छ । अहिले रेमिट्यान्स आउने क्रम बढेको र विदेशी मुद्राको सञ्चिति पनिमा सुधार देखिएको उनले बताए । ‘अहिले रेमिट्यान्स उत्साहजनक रहेको छ । विदेशी सञ्चिति पनि उत्साह जनिक नै रहेको छ । छोटो समयमा देखिएको संकेतलाई लामोसमय जानु पर्ने आवश्यकता छ,’ उनले भने । ।
राजश्वले खर्च धान्न सक्ने अवस्था अहिले पनि नरहेको उनले बताए । त्यस्तै पुँजीगत खर्चलाई पनि अझ गुणात्मक बनाउनु पर्ने र त्यसमा सरकारल लागि रहेको उनको भनाइ छ । बजेटमा नसमेटिएको दायित्वको बढी रहेकाले यसमा पनि सुधारको खाँचो रहेको उनले बताए । निमार्ण व्यवसायीले गरेको कामको भुक्तानी भइरहेको उनले जानकारी दिए । ‘अहिले निर्माण व्यवसायीको भुक्तानी भइहरेको छ । म आएको पहिलो दिन देखिनै यो कुरा सुन्दै आएको हुँ । अझै पनि कसैको रित्त पूर्वक गरेको कामको भुक्तानी हुन बाँकी छ भने आउनुस् त्यो भुक्तानी पाउनु हुन्छ,’ उनले भने ।













समाचार
कीर्तिपुरमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुने
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
सेवा स्टन्टबाजी होइन, हाम्रो कर्तव्य हो: गृहमन्त्री सुधन गुरुङ
१८ दुईपाङ्ग्रे र २६ चारपाङ्ग्रे प्यासेन्जरसहित ५१ ब्रान्ड सार्वजनिक, नाइमा एक्स्पोको तयारी तीव्र
दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको निर्देशन
गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस् : सांसद कुँवर
मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस् : ओमप्रकाश अर्याल
राहदानी विभागको सर्भरमा समेत समस्या, दिनभर सर्भर डाउन