जनरुचि

    धार्मिक पर्यटनका लागि अन्तरदेशीय पूर्वाधार निर्माणमा सहकार्य गर्न आह्वान धर्म संस्कृति

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माण गरी अन्तरदेशीय पूर्वाधार निर्माण र आवागमनको सुदृढीकरणमा सहकार्य गर्न आह्वान गरेका छन् । भारतको गुजरतामा आयोजित आठौँ धर्म–धम्ब सम्मेलनलाई शुक्रबार साँझ सम्बोधन गर्दै उनले धार्मिक पर्यटनको प्रवर्द्धनका साथै विश्वभरका आगन्तुकहरूलाई नेपालका धार्मिक स्थलहरूको पवित्रताको सहज अनुभूति गराउने वातावरणको निर्माणका लागि सहकार्य गर्न आह्वान गरेका हुन् ।

    उनले नेपालका पशुपतिनाथ हलेसी र मुक्तिनाथ तथा भारतको काशीस्थित शान्तिस्तुपा दुई देशबिचका साझा सम्पदाहरू रहेको उल्लेख गर्दै नेपालमा यस सम्मेलनको भावना प्रतिबिम्बित हुने खालको आध्यात्मिक अनुभूति गर्न सकिने उल्लेख गर्दै सम्मेलनका सहभागीहरूलाई नेपाल भ्रमणमा आउन निम्तो समेत दिएका थिए ।

    भुटान श्रीलङ्का लगायतका देशका मन्त्रीहरू र अन्य देशका धार्मिक विचारकहरूको ठुलो सङ्ख्यामा सहभागिता रहेको सो सम्मेलनमा मन्त्री पाण्डेले एकता र विविधता नै हाम्रो परम्पराको आधारभूत मान्यता भएको बताउँदै शान्ति र करुणको प्रतीकको रूपमा नेपालमा धर्म र धम्बका सिद्धान्तहरू सदियौँदेखि व्यवहारमा रहेको कुरामा जोड दिए । ‘हाम्रा मनमोहक हिमाल, पवित्र तीर्थस्थलहरू तथा सांस्कृतिक सम्पदाहरूले ब्रह्माण्डीय शक्ति र दैवीय उपस्थितिको झल्को दिई रहेका छन् तसर्थ नेपाल प्रकृति र दैवीय शक्तिको जीवित उदाहरण हो,’ उलने भने ।

    इण्डिया फाउन्डेसनको पहलमा भारतको गुजरातमा आयोजित सम्मेलनमा धर्म–धम्ब हिन्दु र बौद्ध सभ्यताहरूबिच सदियौँदेखि स्थायी निरन्तर रूपमा निकट रहेका विचारहरू भएको र जुन आज पनि सान्दर्भिक भएको बताए । अहिलेको बदलिँदो विश्वमा यी दुई विचार बिचको सम्बन्धको पहिचानमा ध्यान केन्द्रित गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको हो । यो सम्मेलनको मुख्य उद्देश्य यी दुई विचारबिच आपसमा परागसेचन (क्रस पोलिनेशन) गराउने र दुई प्राचीन सभ्यताहरू बिचको सद्भाव बढाउँदै धर्म–धम्ब स्वतन्त्रताको वास्तविक महोल खडा गर्ने रहेको छ । शताब्दीयौँदेखिको सांस्कृतिक र सभ्यताको अन्तरसम्बन्धले प्रदान गरेको धर्म–धम्ब बिचको साझा विचारहरूलाई एकीकृत गर्नु आजको भूमण्डलीकरणले युगमा अति आवश्यक ठानिएको विषयमा सो सम्मेलनमा जोड दिइएको थियो ।

    फेसबुक प्रतिक्रिया

    ट्रेन्डिङ खबर

      ताजा अपडेट

      सम्बन्धित समाचार