
काठमाडौं । सेयर कारोबार हुने साताको पहिलो दिन सेयर बजार राताम्य भएको छ । आइतबार दिनभएरको उतारचढाव बीच अन्त्यमा ७९ दशमलव ८८ अंकले घटेको हो । यो अघिल्लो कारोबार भन्दा २.६८ प्रतिशतले कम हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २९०० विन्दुभन्दा तल झरेको छ । आजको कारोबार बन्द हुँदा परिसूचक २८९४ दशमलव ५७ विन्दुमा पुगेको हो । आज सेयर बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । आइतबार १८४ कम्पनीको सेयर मूल्य घटेको छ भने ६० कम्पनीको मात्रै बढेको छ ।
आइतबार सेयर बजारमा १९ अर्ब भन्दा बढीको कारोबार भएको छ । आज ३३३ कम्प्नीका ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता सेयर २ लाख १८ हजार ५७८ पटक खरिद बिक्री हुँदा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार अघिल्लो कारोबार भन्दा केही बढी हो । अघिल्लो कारोबार (बिहीबार) सेयर बजारमा १९ अर्ब १६ करोड बढीको कारोबार भएको थियो ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १४ दशमलव ५२ अंकले घटेर ५१९ दशमलव ३४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचक मध्ये १२ वटाको सेयर मूल्य घटेको छ । माइक्रोफाइनान्स उपसूचकको सेयर मूल्य मात्र बढेको छ ।
आजको कारोबार बन्द हुँदा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय