
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सको अवस्था चुनौतीपूर्ण रहेको बताएका छन् । सोमबार पर्यटन व्यवसायी राम प्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति आधा शताब्दी लोकार्पण गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।
‘नेपाल एयरलाइन्स खस्किएको छ । अत्यन्तै कमजोर भएको छ । त्यसलाई सुरक्षित बनाउन सकेका छैनौँ । नागरिक उड्डयन क्षेत्र सुरक्षित बनाउन चुनौती छ । यस क्षेत्रलाई सुधार गर्न सकेमा पर्यटन क्षेत्रको विकासका टेवा पुग्ने छ,’ उनले भने ।
उनले आधा शताब्दी पुस्तकका लेखक सापकोटाले पर्यटन क्षेत्र भएको विकृति, विसङ्गतिको बारेमा समेत उल्लेख गरेको बताउँदै यश क्षेत्रको सुधारका लागि सम्बद्ध सबैले निष्ठा पूर्व लाग्नु पर्ने बताए । साथै मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि आफू निष्ठापूर्वक तरिकाले अघि बढ्ने समेत दृढता व्यक्त गरे ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना