
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई दुर्घटनापछि बनेका छानबिन समितिले दिएका प्रतिवेदन तथ्य परक छन् या छैनन् भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताएका छन् ।
वायु सेवा सञ्चालक सेवा सङ्घ नेपालद्वारा आज आयोजित हवाई सुरक्षासम्बन्धी दुईदिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपालको हवाई दुर्घटनापछि छानबिन गर्न बनेका समिति कतिको सत्य र तथ्यमा आधारित छन् भन्नेबारे समीक्षा गर्नुपर्ने उल्लेख गरे ।
‘छानबिन समिति बन्ने गरेका छन् । बनेका छानबिन समिति कतिको सत्यतथ्यमा आधारित छन् त्यसको समीक्षा गर्ने बेला भएको छ’, उनले भने, ‘यदि दिएका प्रतिवेदन तथ्य परक थिए भने त्यसको कार्यान्वयन किन हुन सकिरहेको छैन त्यसबारे सोच्नुपर्ने बेला आएको छ ।’
मन्त्री पाण्डेले आन्तरिक हवाई यात्रुमा समेत उड्डयन क्षेत्रप्रतिको विश्वासमा क्षयीकरण भएको बताए। उनले यसबारेमा सरोकारवाला निकाय गम्भीर र सचेत बन्नुपर्नेमा जोड दिए।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह