
काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य बढेको छ । अघिल्लो दिन उच्च अंकले बढेको बजार आज भने ६ दशमलव ९० अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ६ दशमलव ९० अंकले बढेर २८३० दशमलव १६ विन्दुमा पुगेको छ । दिनभरको कारोबारमा घट्ने र बढ्ने क्रम जारी रहँदा अन्तिमा ६ अंक भन्दा बढीले बढेको हो । आज सेयर बजारमा १३३ कम्पनीको सेयर मूल्य घटेको छ भने १०६ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ५ कम्पनीको सेयर मुल्य स्थिर रहेको छ । अघिल्लो दिन भने नेप्से परिसूचक १२७ अंकले बढेर बन्द भएको थियो ।
त्यस्तै मंगलबार नेप्से सँगै कारोबार रकममा पनि केही सुधार भएको छ । अघिल्लो दिन १३ अर्ब १० करोड भन्दा बढीको कारोबार भएको बजारमा आज १३ अर्ब ५७ करोड बढीको कारोबार भएको छ । आज सेयर बजारमा ३२८ कम्पनीका ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता सेयर १ लाख ४४ हजार १९७ पटक खरिद बिक्री हुँदा १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार २८९ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ०६ अंकले बढेर ५०४ दशमलव ८९ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ५ वटाको उपसूचकको सेयर मूल्य बढेको छ भने ८ वटाको घटेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजारमा १२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन