काठमाडौं । साताको चौथो कारोबारका दिन बुधबार सेयर बजार परिसूचक राताम्य भएर बन्द भएको छ । अघिल्लो दिन सामान्य बढेको बजार आज ९० दशमलव ७३ अंकले घटेर बन्द भएको हो । आज सेयर बजार अघिल्लो दिनको तुलनामा ३.२० प्रतिशतले घटेको छ ।
कारोबार खुल्नेबित्तिकै बढेको बजार अन्तिममा भने ठूलो अंकले घटेर बन्द भएको हो । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २७३९ दशमलव ४६ विन्दुमा पुगेको छ । सोमबार १२७ अंकले बढेको सेयर मंगलबार भने ६ अंकले बढेको थियो ।
आज परिसूचकसँगै कारोबार रकममा पनि गिरवाट आएको छ । अघिल्लो दिन १३ अर्बको कारोबार भएको बजारमा आज १२ अर्बभन्दा बढीको कारोबार भएको छ । आज सेयर बजारमा ३२० कम्पनीका २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता सेयर १ लाख ३७ हजार १६३ पटक खरिद बिक्री हुँदा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनी मध्ये २१३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.२३ प्रतिशतले घटेको छ । सेन्सेटिभ इन्डेक्स आज १६ दशमलव ३१ अंकले घटेर ४८८ दशमलव ७१ विन्दुमा पुगेको छ ।
आज १३ वटै उपसूचकको सेयर मूल्य घटेको छ । आजको बजार बन्द हुँदा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित
नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै
ह्यालान्डको गोलमा सिटीको जित
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
सुखद खबरको पर्खाइमा परिवार
किभमा तीन दिन हवाई आक्रमण रोक्न पुटिनको आदेश
भोटेकोशी विपद्को असरबाट पोखराको पर्यटन जोगाउन निजी क्षेत्रको चिन्ता
‘मातृत्व जोगाउने अभियान’ : टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण
भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन
कास्कीमा प्रहरी कार्यालयबाट डीएनए संकलन