
दाङ । राप्ती गाउँपालिका–१ भालुवाङ निवासी ५६ वर्षीय डम्मर जिसीले सञ्चालन गरेको नेपाली हाते कागज उद्योगमा स्थानीय २० जनाले रोजगारी पाएका छन् । पच्चिस वर्ष स्वास्थ्य चौकी भालुवाङमा कार्यालय सहयोगीका रुपमा काम गरेका जिसीले अवकाशपछि डेढ वर्षअघि उद्योग सञ्चालन गरेका हुन् । राप्ती गाउँपालिका–४ पिपरखुटीमा करिब रु ४५ लाख लगानी गरेर राप्ती कागज उद्योग सञ्चालन गर्नुभएका जिसीले उद्योगबाट राम्रो आम्दानी गर्दै आएका छन् ।
सरकारी जागिरपछिको समयमा के गर्ने भन्ने लागिरहेको समयमा उद्योग सञ्चालन गरेको उनले बताए । ‘जागिरपछि खाली बस्नुभन्दा पहिलेदेखि बाबियो निर्यात गर्दै आएकाले कागज उद्योग सञ्चालन गरेको थिए, अहिले राम्रो आम्दानी भइरहेको छ । उद्योगको कमाइबाट सन्तुष्ट छु,’ उलने भने । उद्योगमा काम गर्नेहरुले कामअनुसार रु २० देखि ३५ हजारसम्म महिनामा कमाई गर्ने गरेका छन् ।
स्थानीयस्तरको उद्योगमा गाउँमै रोजगारी पाउँदा बालबच्चाको पठनपाठनदेखि घरखर्चका लागि राम्रो आम्दानी भइरहेको राप्ती गाउँपालिका निवासी पार्वती गाहाले बताइन् । उद्योग स्थापना भएसँगै रोजगारीमा जोडिनुभएकी गाहाले उद्योगबाट भएको आम्दानीले घर खर्च चलाउनेदेखि छोराछोरीलाई पढाउने पैसा जुटाइरहेको बताइन् । ‘घर हेर्नेसँगै छोराछोरीलाई पढाउनुपर्ने भएकाले रोजगारीका लागि टाढा जाने अवस्था थिएन, गाउँमै उद्योग स्थापना भएपछि काम गर्न सजिलो भएको छ, आम्दानी पनि भइरहेको छ,’ उनले भने । कागज उद्योग सञ्चालनका लागि सात कट्ठा जग्गा वार्षिक रु एक लाख तिर्ने गरी भाडामा लिएका छन् ।
स्थानीयस्तरमै पाइने वनस्पति र केही कच्चापदार्थ बाहिरी जिल्लाबाट आयात गरी जिल्लामै पहिलोपटक नेपाली कागज उद्योग सञ्चालन गरेका जिसीले महिनामा लाखौँको आम्दानी गर्दै आएका छन् । पछिल्लो समय आर्थिक मन्दीका कारण जिल्लामा धेरै व्यापार–व्यवसाय धराशयी भइरहेका बेला नयाँ व्यवसाय सञ्चालन गर्नुभएका जिसीले राम्रो आम्दानी गरिरहेको बताए ।
नेपाली कागज उद्योगका लागि आवश्यक कच्चापदार्थका रुपमा बाबियोलगायत सामग्री जिल्लामै प्रशस्त मात्रमा पाइने र लोक्ता, अघ्रेलीलगायत कच्चापदार्थ पूर्वी नेपालको पाँचथर जिल्लाबाट ल्याउने गरेको बताए । उद्योगको उत्पादन र कारोबारले सरकारी जागिर बिर्साइदिएको भन्दै उनले सुनाए । ‘जागिरका क्रममा महिनामा ३०÷३५ हजार तलब आउने गरेको थियो । तर अहिले त्योभन्दा धेरै उद्योगबाटै आम्दानी भइरहेको छ,’ जिसीले भने । उद्योगबाट दैनिक विभिन्न साइजका चार हजारप्रति नेपाली कागज उत्पादन भइरहेको छ ।
त्यसैगरी, २० कोरी कागज उत्पादन हुन्छ । एक कोरीमा दुई सयप्रति हुन्छ हुने भन्दै सञ्चालक जिसीले भने, ‘नेपाली कागजको बिक्रीका लागि बजारको समस्या छैन । जति उत्पादन गरे पनि बिक्री भइरहेको छ ।’ उनका अनुसार उद्योगबाट उत्पादन भएको कागज पूर्वमा काठमाडौँ, विराटनगरदेखि पूर्व–पश्चिम नेपालगञ्ज, सुर्खेत, धनगढीलगायत ठाउँहरुमा जाने गरेको छ ।
अदालत, मालपोतलगायत सरकारी कार्यालयमा बढी मात्रामा प्रयोग हुने कागज उत्पादन गर्दै आएका जिसीले गत वर्ष एक करोड बढीको कारोबार गरेको बताए । उनका अनुसार उद्योगबाट २० ग्रामको नेपाली कागजलाई प्रतिगोटा रु १०, २५ ग्रामलाई प्रतिगोटा रु २५, ३० ग्रामको कागजलाई प्रतिगोटा रु ३० र ४० ग्रामकोलाई प्रतिगोटा रु ५० का दरले बिक्री गर्दै आएका छन् ।













समाचार
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ
हिमालीविपद् सामना गर्न नेपाल–चीन सहकार्य आवश्यक : चिनियाँ राजदूत झाङ
बाढीका कारण बैंकका १७ वटा शाखा प्रभावित, ७२.४ करोडको क्षति
दुई दिनमा भारतबाट ३ लाख ४५ हजार सिलिन्डर ग्यास आयात
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
प्याब्सनद्वारा विपद् राहत कोषमा १२ करोड सहयोग, पाँच विद्यालयका लागि २ करोड
नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान