
स्याङ्जा । बाल दिवसका अवसरमा स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता आयोजना गरिने भएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा बालबालिका समूहको जिल्लास्तरीय पञ्चेबाजा प्रतियोगिता हुने भएको हो ।
यही भदौ २८ गते बाल दिवसका अवसरमा सदरमुकामस्थित त्रिभुवन आदर्श माविको प्राङ्गणमा पञ्चेबाजा प्रतियोगिता गर्न लागिएको सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बताए । ‘पुराना पुस्तामा रहेको परम्परागत सीप नयाँ पुस्तामा पुस्तान्तरण गर्नका लागि यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ’, उनले भने, ‘सीपको पुस्तान्तरणसँगै हाम्रो संस्कार संस्कृतिको संरक्षण गर्नका लागि पनि उपयोगी हुनेछ ।’
समाजमा हुने उत्सव, विवाह र चाडपर्वमा पञ्चेबाजाको प्रयोगले बालबालिकाको आयआर्जनमा पनि सहयोग पुग्ने विश्वास उनको छ । विद्यालयस्तरबाट हाम्रो संस्कार संस्कृति तथा बाजागाजाको संरक्षण गर्नका लागि जोड दिने उद्देश्यले बालबालिकामाझ प्रतियोगिता आयोजना गरिएको हो । कक्षा १ देखि कक्षा १२ सम्म अध्ययनरत बालबालिकाको समूह, टोल, बालक्लब, वडा कार्यालय, पालिकास्तरीय जुनसुकै पनि समूह भाग लिन पाउने व्यवस्था मिलाइएको उनले बताए ।
‘प्रतियोगितामा विद्यालय, बालक्लब, समूह, टोलबाट विद्यार्थीलाई सहभागी बनाइदिन जिल्लाका ११ वटै पालिकामा पत्राचार गरिसकिएको छ’, उनले भने, ‘केही समूह सम्पर्कमा आइसकेका छन् ।’ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः रु छ हजार, रु पाँच हजार र रु चार हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।













समाचार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम
गोरखामा ५८ प्रतिशत धान रोपाइँ सकियो
भदौमा मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको ५४ लाख भन्दा बढी कित्ताको लकइन सकिदै
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना