
जुम्ला । यहाँका किसानले पालेका मौरी घारमा नै धमाधम मर्न थालेपछि यसको अध्ययन गर्न मौरी विकास केन्द्र ललितपुर गोदावरीको विज्ञटोली जुम्ला आइपुगेको छ । मौरीविज्ञ तीर्थकुमार श्रेष्ठ नेतृत्वको टोली अनुसन्धानका लागि जिल्ला आइपुगेका हुन् ।
टोलीमा किट विकास महाशाखाबाट सुनिलकुमार जैसवाल र धर्म जैसीसमेत सहभागी छन् । यहाँ आएको टोलीले मौरीपालक किसान र जिल्ला कृषि विकास कार्यालयसँग मौरीको अवस्थाबारे जानकारी लिन समेत थालेको छ । मौरीपालकका घार हेर्न र टोली गाउँगाउँसम्म पुग्ने जनाइएको छ । यहाँमा सेराना जातको मौरी यहाँका किसानले पाल्दै आएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए ।
व्यावसायिक रूपमा मौरीपालन गरेका किसानको घार अध्ययन टोलीले अध्ययन गर्नेछ । सोमबार पातारासी गाउँपालिका–१ पेरेगाउँमा अध्ययन टोली पुगेर अनुसन्धान गरिसकेको छ । आज गुठीचौर गाउँपालिकाको गुठीगाउँ र बुधबार तातोपानी र चन्दननाथका मौरीपालकका घार हेर्ने र किसानसँग छलफल गरिने कृषि विकास कार्यालयका प्रमुख देवकोटाले जानकारी दिए । अध्ययन टोली जुम्ला पुगेकाले मौरीमा देखिएको रोग पत्ता लाग्ने आशा किसानले गरेका छन् । मौरीघारको अवस्था, चरन क्षेत्र र रोग कीराका बारेमा टोलीले अध्ययन गर्ने कृषि विकास कार्यालयले जनाएको छ ।













समाचार
पेट्रोलियम पदार्थको मूल्य यथावत
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो
चिनाखेतवासीलाई पहिरोले दिएको पीडा
स्थापना भएको २७ वर्षपछि सघन उपचार कक्ष सञ्चालन
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै