
काठमाडौं । बुधबारको प्रतिनिधिसभाको बैठक स्थिगित भएको छ । ‘हिंसा ’मा सत्तापक्ष र प्रतिपक्ष बीच लामो दोहोरी चलेको बैठकलाई सभामुख देवराज घिमिरेले भदौ ३० गतेसम्मका लागि स्थिगित गरेका हुन् ।
संसदामा ‘हिंसा’ शब्दको विषयमा नेकपा एमाले र माओवादी केन्द्रका सांसादहरु बीच फेरि जुहारी चलेको थियो । गत भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले संसदको विशेष समयमा बोल्ने क्रममा माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेपछि माओवादी केन्द्रले त्यो शब्द रेकर्डबाट हटाउन माग गरेको थियो ।
सभामुख देवराज घिमिरेले बुधबारको बैठकमा ‘हिंसा’ भन्ने शब्द असंसदीय नरहेको र रेकर्डबाट हटाउन नपर्ने भनेर निर्णय सुनाएपछि माओवादी थप विच्किएको छ । ‘प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१ मा भएको व्यवस्था, भदौ १८ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र संसद सचिवालयको रायका आधारमा विषय, प्रसंग र प्रस्तुतीलाई विचार गर्दा हिंसा शब्द असंसदीय नदेखिएका कारण रेकर्डबाट हटाउनु नपर्ने व्यहोरा जानकारी गराउँछु,’ सभामुख घिमिरेले सुनाए ।
उनले पछिल्लो कतिपय अवस्थामा प्रतिकात्मक रुपमा शब्दहरु प्रयोग गर्दा पनि नियमापत्ति गर्ने र बहस हुने गरेको पाइए भन्दै शब्द चयनमा ख्याल गर्न पनि सांसदहरूलाई रुलिङ गरे । तर नेकपा माओवादी केन्द्रले संविधान विपरीत निर्णय गरिएको भन्दै आफूहरूलाई मान्य नहुने बतायो । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जनयुद्धलाई होच्याइएको भन्दै सभामुखले निर्णय आफूहरूलाई मान्य नहुने बताए ।
त्यसपछि एमाले र माओवादीका सांसदबीच जुहारी चल्यो। सभामुखले समय दिएपछि माओवादीका हितराज पाण्डे, देवेन्द्र पौडेल, एमालेका रघुजी पन्त, महेश बर्तौलाले बोले । तै पनि जुहारी नसकिएपछि संसद चलाउन सक्ने अवस्था नभएको भन्दै सभामुख घिमिरेले बैठक भदौ ३० गते आइतबार बस्नेगरी स्थगित गरेका हुन् ।












समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक