
काठमाडौ । मकवानपुरमा भएको योङ इन्डिजिनिस्ट लिग (वाई.आई.एल) “हाई कमाण्ड” को तीन दिने बैठक शनिवार सम्पन्न भएको छ । रोल…. यहि भाद्र २७,देखि २८,२९ गते सम्म चलेको बैठकमा बैठकमा (वाई.आई.एल)का चिफ कमान्डर सनम लिम्बुको अध्यक्षतामा २१ जना हाई कमाण्ड सदस्यहरुको सहभागिता थियो । इतिहासदेखी एकलराष्ट्रिय राज्य औपनिवेशिकताद्धारा हुँदै आएको जातिय–संहार अन्त्य गर्दै वहुलराष्ट्रिय राज्य नेपाल हाम्रो न्युतम लक्ष्री हो। यस मार्फत स्वदेशी राष्ट्रहरूलाई स्वशासन साथै आत्मनिर्णयको अनुभूति गराउनेछ जुन भनेको राज्यत्व हो ।
राज्यत्व प्राप्तिको हाम्रो लक्ष्य हासिल गार्नको लागि चार बिकल्प र चार तयारीलाई अगाडि बढाएका छ। स्वदेशवाद,बहुल राष्ट्रिय राज्य र सामुदायिक समाजवाद स्थापनर्थ देश ब्यापी रुपमा दृश्य र अदृश्य संघर्ष र बिद्रोहको कार्यक्रमहरु घोषणा गर्ने निर्णय भएको छ ।साथै,समसमायिक राजनितिक लगायत समग्र देशको विविध विषयमा बैठक केन्द्रीत रहेर छलफल भएको थियो ।

(वाई.आई.एल) चिफ कमान्डर सनम लिम्बुले भने —“बैठकमा तीन महिना भित्रमा तीन कमान्ड अन्तर्गत २१ राष्ट्रिय बाहिनीहरुको निर्माण गर्दै ५ हजार युवा अग्रदस्ता (वाई.आई.एल) सदस्यहरुका उपस्थितिमा (वाई.आई.एल) पहिलो ऐतिहसिक राष्ट्रिय सम्मेलन गरिने छ , असोजमा करिब १५ करोडको लगानीमा बन्ने पल रिन्छेन दोर्जे एकेडमी (वाई.आई.एल) को पहिलो अकेडमी निर्माणको सुरुवात गरिने छ र फस्ट नेशन बिल्डर्स लिमिटेडको उदघाटन मङ्सिर महिनामा (वाई.आई.एल) को राष्ट्रिय सम्मेलन लगत्तै हुनेछ ।” (वाई.आई.एल) ले देशब्यापी भित्ते लेखन कार्यक्रम, मासिक पत्रिका प्रकाशन लगायत कालो बजारी , भ्रस्ट्चारि, जल जमिन जङ्गल माथी को अतिक्रमण गर्ने दलालीहरुको बिरुद्ध सशक्त बिरोध सहित त्यसलाई न्युनिकरण गर्नको लागि देशब्यापी कारबाहीको घोषणा भएको समेत व्यक्त गरे । उनले अदृस्य भई गर्ने संघर्ष र विद्रोहको कार्यक्रमहरु बारे भने खोलेका छैनन् ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम