
काठमाडौं । शरद ऋतुमा आरोहणका लागि पहिलो रोजाइमा पर्ने मनासलु हिमालमा आरोहण सुरु भएको छ । सेभेन समिट ट्रेकबाट मनासलु आरोहणका लागि चुचुरोसम्म बाटो (रोप फिक्सिङ) बनाउन गएका छ जना शेर्पाले बुधबार चुचुरो टेकेसँगै बिहीबार थप १० जना आरोही चुचुरोमा पुगेका छन् ।
सेभेन समिटका महाप्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिए । ‘चचुरोसम्मको बाटो तयार भएसँगै यो वर्षको आरोहणको पहिलो दिन १० जना आरोही चुचुरोमा पुगेका हुन् । बिहीबार सात जना नेपाली र तीन जना विदेशीले सफल आरोहण गरेका छन्,’ उलने भने । पर्यटन विभागका निर्देशक राकेश गुरुङले आरोहणका लागि मौसमसमेत अनुकूल रहेकाले दोस्रो तथा तेस्रो आधार शिविरमा रहेका आरोही धमाधम आरोहण पूरा गर्ने तयारीका साथ चुचुरोतर्फ लाग्ने क्रम जारी रहेको जानकारी दिए ।
शरद ऋतुमा मनासलुसहित १० वटा हिमालमा आरोहणका लागि बिहीबारसम्म ३६२ जनाले अनुमति लिएको भन्दै उनले मनासलु आरोहणका लागि यस पटक २२६ पुरुष र ८२ जना महिला गरी ३०८ जनाले अनुमति लिएको जानकारी दिए । गत वर्षको यही सिजनमा मनासलु हिमाल आरोहणका लागि ३०१ जनाले अनुमति लिएका थिए । मनासलुमा पोहर भदौ ३१ गते पहिलो आरोहण भएको थियो ।
विभागका अनुसार यस वर्ष पुथा हिउँचुली, अन्नपूर्ण चौथो, ठकर गो इस्ट, धौलागिरि, फुङ्गी, कुम्भकर्ण, अरनिको चुली, अपि र मकालु गरी १० वटा हिमाल आरोहण अनुमति दिइएको छ । हिमालमा आरोहण अनुमतिबापत चार करोड ५२ लाख ४५ हजार ८४८ रुपियाँ राजस्व संकलन भएको विभागले जनाएको छ । किलर माउन्टेनको नामले परिचित मनासलु आरोहण सगरमाथा आरोहणअघिको पूर्वतयारीका रूपमा लिइन्छ ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन