
पाल्पा । पाल्पा–पाल्पाको सदरमुकाम तानसेनबाट झण्डै ९ किलोमिटरको दूरीमा अवस्थित छ, भैरवनाथको मन्दिर । यस मन्दिर रिब्दिकोट गाउँपालिकाको पर्यटकिय र धार्मिक दृष्टिकोणले समेत प्रख्यात छ । रिब्दीकोट गाउँपालिका–१ मा रहेको भैरव मन्दिरमा स्वदेश तथा विदेशबाट भक्तजनहरु दर्शन पूजा गर्न पुग्ने गर्दछन् । जसले गर्दा रिब्दिकोट गाउँपालिका धेरैले चिन्ने गरेका छन् ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको सो मन्दिरमा वर्षेनी १० लाखको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेका छन् भने मन्दिरले प्रतिवर्ष भेटीबाट मात्रै करीब एक करोड ५० लाख बराबर आम्दानी गर्ने गरेको भैरवस्थान व्यवस्थापन समितिका व्यवस्थापक मिनबहादुर बुढाथोकीले जानकारी दिए ।
भैरव मन्दिरको मुख्य विशेषतामध्ये यहाँ चढाइने रोट पनि हो । एक माना वा एक पाथी चामलको पिठोबाट बनेको रोट चढाइने गरेको छ । पिठोमा नरिवल, किसमिस, छोकडा, ल्वाङ, सुकुमेल जस्ता मसालाहरु मिसाएर घिउमा पकाउने गरिन्छ । यसरी बनाएको रोट बटुक भैरव तथा देवीलाई चढाउने प्रचलन रहेको छ । भैरवको पूजा गर्न जाने दर्शनार्थीहरुले आफ्ना इच्छा अनुसारका पनि रोटी बनाउन लगाउने गरेका छन् ।
मन्दिरको आसपासमा स्थानीयहरुले यस्ता रोट पकाउने पसल नै खोलेर जिविकोपार्जन समेत गर्दै आइरहेका छन् । मन्दिरसम्म यहाँका रोट बनाउने पसललाई रोट घर भन्ने गरिएको छ । रोट व्यवसायीहरुले एक माना चामलको पिठोबाट बनेको रोटको २ सय रुपियाँ लिने गरेका छन् भने १ पाथी पिठोबाट बनेको रोटको २७ सय रुपिया लिने गरेका छन् । यहाँ दर्शन गर्न पुग्ने भक्तजनहरुले आफूले गरेको भाकल पूरा भएपछि सोही अनुसारको रोट चढाउन आउने गरेका छन् ।
मन्दिर पुग्न मुल सडकबाट दुई सय ५० सिँढी चढ्नुपर्छ । सिँढीको आसपासमा रोट बनाउने घर तथा फूल प्रसाद बिक्री गर्ने पसलहरु रहेका छन् भने सुन्दर बगैंचा, बच्चालाई राख्नका लागि बाल उद्यान छ । यहाँ बच्चाहरु लिएर जाने अभिभावकले आनन्द लिने गर्दछन् ।
किन आउँछन् भक्तजन ?
भैरवको मन्दिरमा त्रिशुल तथा रोटी चढाइन्छ । खासगरी वैशाख, दसैँ र मङ्सिरमा उल्लेख्य दर्शनार्थीहरु आउने गरेको व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पोखरेलले बताए । वि.सं.१४६५ मा पाल्पाका राजा मुकुन्द शेनले भैरवस्थलमा मन्दिर निर्माण गरेको किंबदन्ती रहेको छ । यो मन्दिरमा सबैभन्दा ठूलो सुनको त्रिशूल समेत रहेको छ । पाल्पा गौंडाको प्रमुख खड्ग शमशेर राणाले आफ्नी श्रीमतीको इच्छा अनुसार यो मन्दिरमा सुनको ठूलो त्रिशूल राखिएको पोखरेलको भनाइ छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह