
दमक । विश्व पर्यटन दिवसको सन्दर्भमा झापामा जैविक विविधता पर्या–पर्यटन सम्बन्धी चित्रकला प्रदर्शनी गरिएको छ । कोशी प्रदेशमा पाइने विभिन्न प्रजातिका चरा, रेडपाण्डा, हरियो विरालो, सर्प कछुवा, ठकठके, लगायतका ३९ वटा फोटो प्रदर्शनीमा राखिएको हो ।
पर्यटन कार्यालय काँकरभिट्टाको परिसरमा विहीबार र शुक्रबार फोटो प्रदर्शनीमा राखिएको मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले बताए । खरेलका अनुसार मेचीनगरमा मात्रै ३४२ प्रजातिका चरा रहेको पत्ता लागेको बताउदै चरा पर्यटनको सम्भावाना खोजी गरिनु पर्ने बताए । शुक्रबार प्रदर्शनीको समापन कार्यक्रममा बोल्दै कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले कोशी प्रदेश पर्यापर्यटनको उर्वर भूमि रहेको बताए । उनले जैविक विविधताका हिसाबले समेत कोशी प्रदेश पर्यटनको प्रमुख हव बन्ने भएकाले यसका लागि सबै लाग्नु पर्नेमा जोड दिए ।
पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले झापा सहित पुर्वी नेपाल पर्यटनको लागि धेरै नै सम्भावानायुक्त क्षेत्र भएकाले यसको प्रचारप्रसार आवश्यक रहेको जनाए । पर्यटनको विकासका लागि कोशी प्रदेश सरकारले बिभिन्न कार्यक्रमहरु ल्याएको जनाउँदै यसको कार्यन्वयन गरिने उनको भनाइ थियो ।
यसैबिच पर्यटन कार्यालय काँकरभिट्टाले विश्व पर्यटन दिवसको अवसरमा विदेशबाट आउने पहिलो दुई जना पर्यटकलाई पूर्वी प्रवेशद्वारमा स्वागत गर्दै फुलमाला लगाएर सम्मान गरेको छ । शुक्रबार नेपाल प्रवेश गर्ने पहिलो पर्यटक भुटानी नागरिक टिवि मगर र मनमाया पुलामीलाई पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडा र अध्यागमन कार्यालयका प्रमुख तुलसी भट्टराईले स्वागत गरेका थिए ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि