काठमाडौं । बुधबार सेयर बजार फेरि ओरालो लागेको छ । अघिल्लो दिन उच्च अंकले बढेको सेयर बजार आज भने दोहोरो अंकले घटेको हो ।
यो साताको अन्तिम कारोबार सेयर बजार परिसूचक २६ दशमलव ०७ अंकले घटेर २५९७ दशमलव ४९ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ०.९९ प्रतिशतलको गिरावट हो । आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव १० अंकले घटेर ४६६ दशमलव ७१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने १ वटाको सेयर मूल्य बढेको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनी मध्ये १८७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५४ वटाको मूल्य बढेको छ । त्यस्तै ३ वटाको मूल्य भने स्थिर रहेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिन ७ अर्ब बढीको कारोबार भएको बजारमा आज ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८८१ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३१० वटा कम्पनीको १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता सेयर ८३ हजार ८१ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो ।
आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
एन्फा कार्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा
विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
निजी क्षेत्रतर्फ कर्जा बढ्यो साढे २३ अर्ब
साझा यातायातको डिजिटल टिकटिङ प्रणालीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहकार्य
भदौमा १३६ उद्योगका लागि ६ अर्ब २७ करोड लगानी प्रतिबद्धता
प्रिमियममा आईपीओ ल्याउन लगातार ३ वर्ष नाफा अनिवार्य: धितोपत्र बोर्ड
५० रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा
ट्रेजरी बिलमार्फत सरकारले २५ अर्ब ५३ करोड आन्तरिक ऋण उठाउँदै