काठमाडौं । सिन्धुपाल्चोक शेर्पा समाज सेवा–काठमाडौंको आयोजनामा ञुङ्ने तथा मणिबुम पुजा हुने भएको छ । चाडपर्वको नाममा लाखौँका संख्यामा निर्दोष पशुपंक्षिहरुको वध गर्ने हुँदा पशुपंक्षिको आत्माको चिरशान्तिको कामना गर्नुका साथै सम्पूर्ण प्राणी हितका लागि ञुङ्ने तथा मणिबुम पुजा आयोजना गर्न लागिएको हो ।
यो कार्यक्रम अन्तर्गत असोज २३, २४ र २५ गते मौन व्रत ञुङ्ने पुजा आयोजना गरिने छ । त्यस्तै असोज २६ गते अन्तिम दिन मणिबुम पुजा कार्यक्रम पनि गरिने शेर्पा समाज सेवा–काठमाडौंका अध्यक्ष बहादुर शर्पाले जानकारी दिए । काठमाडौंको गोकर्नेश्वर नगरापालिका वडा नम्बर ६ बुद्ध चोकमा रहेको शेर्पा समाजको भवनमा आयोजना हुने अध्यक्ष शेर्पाले बताए ।
उक्त पुजाको सिन्धुपाल्चोकको पाँचपोखरी थाङसाल गाउँपालिका वडा नम्बर ८ ओख्रेनी हाल बौद्ध पिपलबोटमा बस्नुहुने दोर्जे लोपेन डा. टशी छिरिङ शेर्पा तथा छिरिङ वुटी शेर्पाले प्रयोजन गरेको समाजका महासचिव नुर्पु शेर्पाले जानकारी दिए ।