
महोत्तरी । चाडपर्व प्रारम्भ हुन लागेका बेला सकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान प्रसन्न छन् । राज्यबाट अनुदान पाउने कुनै आशाभरोसा नभएको स्थितिमा रकम पाएपछि उनीहरू मक्ख परेका हुन् ।
आर्थिक वर्ष २०८०÷८१ मा गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजलाई उखु बेचेका किसानले अनुदानबापतको रकम पाएका हुन् । उक्त उद्योगलाई गत वर्ष उखु बेचेका १४ हजार ४४४ किसानका खातामा उनीहरुले बुझाएका उखुको परिमाणअनुसार प्रतिक्विण्टल रु ७० का दरले अनुदान रकम दाखिला भएको कोष तथा लेखा नियन्त्रण कार्यालय छ । किसानलाई रु २० करोड ३३ लाख १५ हजार ८११ अनुदान दिइएको छ ।
कार्यालयप्रमुख बालकृष्ण अधिकारीका अनुसार अनुदान रकम बैंक खाता भएका सबै किसानले पाएका र नहुनेले पनि धमाधम खोता खोल्न थालेका छन् । ‘रकम दाखिलाको क्रम जारी छ,’ उनले भने । मा आएको खबरले किसान दङ्ग छन् । ‘दसैँमा कसरी गर्जो टारौँ भन्ने थियो, अनुदान रकम आएपछि प्रसन्न छु’, भङ्गाहा–४ का उखु किसान अरुण गिरी भन्छन्, ‘हामीलाई दसैँ उपहार पाएजस्तै भएको छ ।’ गिरीजस्तै बर्दिबास—९ पशुपतिनगरका अर्का किसान रामविनोद महतोले पनि चाडपर्वअघि अनुदान रकम पाइँदा राहत मिलेको बताए ।
महोत्तरीमा दुईवटा चिनी उद्योग सञ्चालनमा रहेका भए पनि दुई वर्षअघिमात्र सञ्चालनमा आएको सिद्धिविनायक चिनी उद्योगले गत वर्ष प्राविधिक गडबडीले उखु क्रसिङ् गर्न सकेन । एभरेष्ट चिनी उद्योगले भने २९ लाख चार हजार ५११ क्विन्टल उखु क्रसिङ् गरेर दुई लाख ६४ हजार ५११ क्विन्टल चिनी उत्पादन गरेको थियो । गत वर्ष उखुको मूल्य उद्योगले रु ५४० र सरकारले अनुदान बापत ७० गरी प्रति क्विन्टल रु ६१० कायम गरेको थियो । किसानले प्रतिक्विन्टल रु ७५० हुनपर्ने माग गरेका थिए ।
सरकारले पछिल्ला तीन वर्षयता उखुको अनुदान रकममा प्रति क्विण्टल रु पाँच बढाएर रु ७० पुर्याएको हो । उखुको समयमा नै भुक्तानी तथा सरकारबाट अनुदान पनि पाएका यहाँका किसान उखुखेति विस्तार गर्ने योजनामा रहेका उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहाले बताए । हाल यहाँ दश हजार बिघामा उखुखेती भएको छ । उनले उखु उत्पादक किसानको सहभागितामा प्रत्येक वर्ष ‘क्रसिङ् सिजन’अगावै को मूल्य निर्धारण हुनुपर्नेमा जोड दिए ।












समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल