
काठमाडौं । प्रतिकूल मौसमका कारण प्रभावित पर्यटन क्षेत्रले बिस्तारै पुरानो लय समात्न थालेको छ । लगातारको वर्षासँगै उच्च हिमाली क्षेत्रमा भएको बाक्लो हिमपातका कारण रोकिएको आरोहण आलो हिउँ पग्लिएसँगै पुनः सुचारु भएको छ भने पदयात्रामा रहेका पर्यटकसमेत आफ्नो गन्तव्यमा पुगेका छन् ।
पर्यटन विभागका निर्देशक राकेश गुरुङले भने, ‘गोरखाको उत्तरी क्षेत्र र मुस्ताङको टुकेचे हिमाली क्षेत्रमा भएको भारी हिमपातका कारण अवरुद्ध आरोहण पुनः सुरु भएको छ । करिब पाँच फिटसम्म हिउँ जमेका कारण रोकिएको आरोहण हिउँ पग्लिएपछि सुचारु भएको हो ।’
सबैभन्दा बढी आरोहीले अनुमति लिएको मनासलुमा आरोहण सकिने समयमा भएको हिमपातका कारण करिब १५ जना आरोही आधार शिविरमै रोकिएकामा आइतबारदेखि पुनः आरोहणतर्फ लागेको उनले जानकारी दिए । त्यस्तै गरी प्रतिकूल मौसमका कारण अमादब्लम र हिमलुङको आरोहणसमेत सुरु भएको उनले बताए ।
प्राकृतिक विपत्तिका कारण प्रभावित पदयात्रा क्षेत्रसमेत पुरानै लयमा फर्किएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले जानकारी दिए । ‘बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा रोकिएका पर्यटक गन्तव्यमा पुगिसकेका छन् । आरोहण र पदयात्रामा गएका पर्यटकमध्ये अप्ठ्यारोमा परेका पर्यटकलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ,’ उनले भने ।
बाढीपहिरोका कारण सडक मार्गबाट पोखरा, चितवन, रामेछापलगायतका गन्तव्यतर्फ लागेका पर्यटक बढी प्रभावित हुन पुगेको उनले बताए । नेपाल पर्यटन बोर्ड, नेपालस्थित विदशी दूतावास, कन्सुलेट अफिस, ट्राभल तथा ट्रेकिङ एजेन्सीलगायत नेपाली सुरक्षा निकायसँगको समन्वयमा पर्यटकको उद्धार गरिएको हो ।













समाचार
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको दशैं-तिहार
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
कात्तिक ११ गतेदेखि आईपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर
आजदेखि उपत्यकामा ११ स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साट्न पाइने (सूचीसहित)
लिभरपुललाई हराउँदै सिटीको शतप्रतिशत जित यात्रा
रियाद विमानस्थललाई लक्षित गरी दोस्रो पटक आक्रमण, १ जनाको मृत्यु, ११ घाइते
जनकपुर चुरोट कारखानाको डीडीए सम्पन्न, लेनादेना भए २१ दिनभित्र दाबी गर्न आग्रह
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र सङ्ग्रौला विजयी
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै