
जनकपुर,कुनै समय नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक रहेका पुबुदु दासनायक जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाल प्रिमियर लिगको टिम जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य प्रशिक्षकमा अनुबन्धन गरेको हो । पुबुदुको नेतृत्वमा नेपालको राष्ट्रिय क्रिकेट टिमले पहिलो पटक सन् २०१४ को टी–२० विश्वकप क्रिकेट खेलेको थियो ।
पुबुदुले नेपाली क्रिकेटमा पुन फर्किन पाउँदा खुसी लागेको बताएका छन् । उनले नेपाल प्रिमियर लिग एसोसियट राष्ट्रहरु मध्येको उत्कृष्ट फ्रेन्चाईज लिग हुन गइरहेको भन्दै खुसी ब्यक्त गरेका छन् । पुवुदुले प्रशिक्षण गर्ने जनकपुरको मार्की खेलाडीको रुपमा अशिफ शेख छन् । टिमले अक्सनमार्फत ललित राजवंशी, अनिल साह जस्ता खेलाडीलाई अनुबन्धन गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म एनपीएल हुँदैछ ।













समाचार
‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
चौथो ताप्लेजुङ गोल्डकपः पर्यटकीय क्षेत्रबाट खेल तालिका सार्वजनिक
जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज
नेपाल प्रिमियर लिग क्रिकेट : कर्णाली याक्सलाई एभर राइजको साथ
क्यासिनोमा होटलको १० प्रतिशत अनिवार्य सेयर हटाउन हानको माग
अख्तियारको डरले कर्मचारीले निर्णय गर्न छाडे, सरकार ‘अनिर्णयको बन्दी’ बन्यो : मन्त्री गौतम
मुख्यमन्त्री थापाद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
‘अख्तियारलाई प्रधानमन्त्रीको शाखा होइन, साँच्चिकै अख्तियार बन्न दिऔँ’
नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली
सिबिफिनको चेतावनी– ‘व्यावसायिक निर्णय र बैंकको धितो लिलामलाई फौजदारीकरण नगरियोस’