
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोह (२०८१) मा भाग दिन अनलाइन फाराम भर्ने समय थप गरिएको छ । असोज २३ गतेसम्म फाराम भर्ने म्याद भएकोमा अब कात्तिक १० गतेसम्म भर्न सकिनेछ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दशैं विदाको कारण केही विद्यार्थीले आवेदन फाराम भर्न नपाएकोले म्याद थप गरिएको बताए ।
केही विद्यार्थीहरूले आवेदन फाराम भर्न नपाएको भन्दै कार्यालयमा गुनासो गरेका थिए । त्यही आधारमा आठ दिन म्याद थप गरिएको बताए ।
सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूलाई आवेदन फाराम भर्न पाउनेछन् ।
२०८० असार १ गतेदेखि २०८१ जेठ ३२ गतेसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधि भित्र विद्यावारिधि (पिएचडी) तह पूरा गर्नेहरूले ५० औं दीक्षान्त समारोहमा सहभागी हुन फाराम भर्न पाउछन् । यसअघि जारी गरेको सूचना अनुसार भदौं २० गतेदेखि असोज २३ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न भनेको थियो । तर, त्यो बीचमा विदा परेपछि म्याद थप गरिएको हो ।
आवेदन फारम भर्दा पासपोर्ट साइजको फोटो, नागरिकताको प्रमाणपत्र र आफूले तह पार गरेको ट्रान्स्कृप्टको स्क्यान कपी अपलोड गर्नुपर्ने छ । अनलाइनबाट आवेदन सबमिट गर्दा प्राप्त सम्पूर्ण पीडीएफहरु डाउनलोड गरेर सुरक्षित राख्नुपर्ने छ ।














समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम