
काठमाडौं । सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं गोर्खा मिडियाका पूर्वसञ्चालक रवि लामिछानेलाई म्याद थपको अनुमतिका लागि आज कास्की जिल्ला अदालत लगिँदै छ ।
लामिछानेसँगको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ। लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिने कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।
जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बुधबारसम्म लामिछानेसँगको बयान नसकिएको बताइन्। उनले अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकोले बयान दोस्रो प्राथमिकतामा पर्ने उल्लेख गरिन् । लामिछानेले बयानका क्रममा समन्वय गरेको उनले बताइन् । ‘हामीसँग छिटो बयान सक्नुस् भन्नुभएको छैन। बयानमा सघाउने उहाँको दायित्व र कर्तव्य पनि हो नि,’ उनले भनिन् ।
लामिछानेलाई प्रहरीले कात्तिक २ मा काठमाडौंबाट पक्राउ गरेको हो। सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा असोज १३ मा पक्राउ परेकी लिला पछाईंलाई समेत म्याद थपका लागि आजै अदालत लगिँदै छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
एचआईडीसीएलको नाफामा पहिरो, इपीएस सहित अन्य सूचक कस्ता ?
सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी
दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
सिद्धार्थ बैंकको ३ लाख बढी कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा
आँखुखोला जलविद्युतको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित
बाँदरको उपद्रोले किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल
लोमान्थाङमा यार्तुङ पर्वको रौनक
समय अगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय