
ललितपुर । जावलाखेल मैदानमा आयोजित गोदावरी पुष्प मेला आइतबार सम्पन्न भएको छ । चार दिन चलेको मेलामा ४३ हजार ६ सय जनाले अवलोकन गरेका थिए भने रु. १ करोड १८ लाखको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपालका पूर्वअध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए।
तामाङका अनुसार मेलामा पुष्प जातीय विकास र गुणस्तरीय उत्पादन प्रबर्द्धन गर्ने उद्देश्यले पुष्प व्यवसाय प्रदर्शनी गरिएको थियो । मेलाको पहिलो दिनमा रु. २५ लाख, दोस्रो दिनमा रु २५ लाख, तेस्रो दिनमा रु. ५० लाख र अन्तिम दिनमा रु. २८ लाखको कारोबार भएको थियो ।
यस वर्षको मेलामा बहुवर्षे फूल र इन हाउस ग्रिन प्लान्टप्रति अवलोकनकर्ता बढी आकर्षित देखिएका छन् । मेलामा ७५ वटा प्रदर्शनी कक्ष, ६८ व्यावसायिक स्टल, दुई प्रतियोगितात्मक स्टल, चार अफिसियल स्टल र एक सेल्फी स्टल आयोजकले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि