
ओखलढुङ्गा । जिल्लाको खिजीदेम्बा गाउँपालिकालाई अम होङ गिल ह्युमन फाउण्डेशनले दुई वटा एम्बुलेन्स सहयोग गरेको छ । कोरियन नागरिक क्याप्टेन तथा पर्वतारोही अम होङ गिलको नामबाट स्थापित उक्त संस्थाले नेपालमा शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा योगदान गर्दै आएको छ ।
आज काठमाडौंमा एक कार्यक्रमबीच फाउण्डेशनका प्रमुख क्याप्टेन अम होङ गिलले खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पालाई एम्बुलेन्सको चाँबी हस्तान्तरण गरेका हुन् । एम्बुलेन्स केही महिना अघि पालिकाले प्राप्त गरिसकेको भएपनि औपचारिक रुपमा हस्तान्तरण आज गरिएको हो । नेपाल विश्वकै सुन्दर देश भएपनि शिक्षा र स्वास्थ्यमा समस्या देखेपछि आफुले सहयोगका कार्यक्रम ल्याएको प्रमुख गिलको भनाइ छ ।
उनले सगरमाथासहित नेपालका दर्जनौं हिमाल आरोहण गरिसकेका छन् । एम्बुलेन्स दाता गिललाई खिजीदेम्बावासीले सम्मान गरेका छन् । एम्बुलेन्स सुविधा नहुँदा भौतिक पूर्वाधारमा जिल्लाकै दुर्गम खिजीदेम्बा गाउँपालिकाबाट सामान्य उपचारका लागि समेत महङ्गो भाडा तिरेर निजी सवारी वा हेलिकप्टर चार्टर गरेर अस्पताल जानुपर्ने बाध्यता थियो ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल