
काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आगामी आवका लागि बजेट सार्वजनिक गरेकी हुन् ।
आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ । चालू आवका लागि २ अर्ब ९६ करोड ६४ लाख १८ हजार विनियोजन भएकोमा आगामी आवमा कर्मचारीहरूको तलब वृद्धि, प्रोत्साहन भत्ता, तथा अन्य प्रशासनिक दायित्वका कारण चालु खर्चमा वृद्धि गरिएको उनले जानकारी दिइन् ।
गत वर्षको तुलनामा चालू खर्चतर्फ करिब २८ करोड रुपैयाँ बढ्ने महानगरले प्रक्षेपण गरेको छ । यो रकम चालू वर्षको तुलनामा ९ प्रतिशत बढी हो । यस्तै, पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएको छ । चालू आवमा यस्तो खर्च ४ अर्ब ५० करोड ७७ लाख २९ हजार विनियोजन भएको थियो ।
संघीय र प्रदेश सरकारबाट पुँजीगत शीर्षकमा प्राप्त हुने बजेटमा कमी आएपछि गत वर्षको तुलनामा पुँजीगत खर्च करिब २७ करोड रुपैयाँले घटाइएको महानगरको भनाई छ ।












समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि