काठमाडौं । तिहार अघिको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन उच्च अंकले बढेको सेयर बजार आज १४ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक १४ दशमलव ४३ अंकले घटेर २६७७ दशमलव ६२ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ०.५३ प्रतिशतले कम हो । आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४६ अंकले घटेर ४७८ दशमलव ८२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ३ वटाको सेयर मूल्य बढेको छ भने बाँकीको घटेको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ७५ कम्पनीको सेयर मूल्य बढ्दा ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावाट आएको छ । अघिल्लो दिन ६ अर्ब भन्दा बढीको कारोबार भएको बजारमा आज ५ अर्ब ९५ करोड बढीको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३०५ कम्पनीका १ करोड २० लाख ६९ हजार ८७८ कित्ता सेयर ५९ हजार ६९८ पटक खरिद बिक्री हुँदा ५ अर्ब ९५ करोड ३९ लाख ५० हजार ७८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सेयर बजार दोहोरो अंकले घट्दा पनि ४ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व