
दाङ । घोराही उपमहानगरपालिका–१४ झिँगौराका जुठे बादीलाई हिजोआज मादल बनाएर बिक्री गर्न भ्याइनभ्याइ छ । उहाँ यस वर्षको दसैंँ र तिहारको हालसम्म नयाँ मादल बिक्री र पुराना मादलको मर्मत गरी रु डेढ लाख बढी आम्दानी गरेको बताउछन् ।
पछिल्लो समय नयाँ मादल खरिद गर्ने भन्दा पुराना मादल खरिदका लागि आउने गरेको उनले सुनाए । ‘पुराना मादल मर्मत गर्दा कम समयमा पनि राम्रो आम्दानी हुने गर्दछ । अरु बेला सुनसान हुने हाम्रो व्यवसाय दसैं–तिहारको अवसरमा बढोत्तरी हुन्छ । दसैँमा नाच्ने र तिहारमा देउसी–भैलो खेल्नका लागि मादलको माग बढी हुने गरेको छ । जसले गर्दा राम्रो आम्दानी हुन्छ’, बादीले भने ।
आम्दानी मात्रै होइन आफ्नो पुस्ताले यो पेसा नै संरक्षण गरिरहेको उनको भनाइ छ । ‘पछिल्लो समय मादल बनाउन जानेको मानिस पाउन समस्या छ । मैले सानैमा बुबा–बाजेबाट मादल, बाँसुरी र ढोलक बनाउन सिके, त्यही सीपले अहिले दैनिकी चलाइरहेको छु’, बादी भने, ‘तर अहिलेको पुस्तामा मादल बनाउने सीप छैन । न आकर्षण छ ।’
घोराहीमा विगत ५० वर्षदेखि निरन्तर मादल बनाउने र बिक्री गरेर आयआर्जन भइरहेको बताउने उनको यही कर्मले घरपरिवारको सम्पूर्ण गर्जो टार्ने काम भइरहेको छ । ‘हाम्रो अरु पेसा सङ्कटमा प¥यो । समय बदलिँदै जाँदा यो पेसा पनि विस्तारै हराउला तर पनि त्यो सीप भएकाले हाल हातमुख जोर्न सहज भएको छ । योभन्दा अरु सीप पनि छैन । उमेरले साथ दिएसम्म आफनो पेसा छोड्ने मन छैन’, उनको कथन छ ।
मादल बनाउने मानिसको अभावसँगै पछिल्लो समय मादल बनाउन आवश्यक काठ, छाला र खरी लगायत सामग्री पाउनै समस्या भएको जुठे बादीले समस्या सुनाउछन् । ‘चाडपर्वको समय छ । नयाँ मादल किन्न तथा पुराना मादल मर्मतका लागि आजभोलि दैनिक १५/२० जना मानिसहरु आउने गरेका छन् । तर एक्लै भएकाले काम गर्न समस्या छ । त्यसैमा आवश्यक सामाग्री पनि सजिलै पाइँदैनन् । त्यसैले योबेला मागअनुसार काम गर्न कठिन छ’, उनले भने ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू