
भोजपुर । जिल्लाका अधिकांश परिवारको आर्थिक आम्दानीको मुख्य आधार वैदेशिक रोजगारी बन्दै आएको छ । वैदेशिक रोजगारबाट प्राप्त आयले यहाँका परिवारको दैनिकी सहज बने पनि आवश्यक जानकारी र सावधानी नअपनाउँदा कतिपय श्रमिक ठगी तथा शोषणमा पर्ने गरेका छन् ।
यही अवस्थालाई मध्यनजर गर्दै वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र शोषणरहित बनाउने उद्देश्यले वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन ९सामी० कार्यक्रमले जनस्तरसम्म सचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ । कार्यक्रममार्फत वैदेशिक रोजगारीसम्बन्धी जोखिम न्यूनीकरण र सुरक्षित आप्रवासनका विषयमा जानकारी दिँदै आएको हो ।
सामीका भोजपुर जिल्ला कार्यक्रम संयोजक कर्ण पुलामीमगरका अनुसार वैदेशिक रोजगारीलाई सुरक्षित र जोखिममुक्त बनाउन जनस्तरमा सचेतना फैलाउने कार्य प्रभावकारी बन्दै गएको छ । “वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन गाउँगाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उनले भने ।
कार्यक्रमअन्तर्गत आप्रवासी स्रोत केन्द्रमार्फत वैदेशिक रोजगारीसम्बन्धी परामर्श सेवा प्रदान गरिनुका साथै ठगीमा परेका व्यक्तिलाई निःशुल्क कानुनी सेवाका लागि सहजीकरण गरिँदै आएको छ । साथै वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग भएका वा मृत्यु भएका श्रमिकका परिवारलाई क्षतिपूर्ति प्राप्तिका लागि आवश्यक पहलसमेत गरिँदै आएको छ ।
त्यसैगरी विप्रेषणलाई आयमूलक क्षेत्रमा सदुपयोग गर्न वित्तीय साक्षरता कार्यक्रम, मनोसामाजिक परामर्श कक्षा तथा क्षमता अभिवृद्धिका गतिविधि सञ्चालन हुँदै आएको सामी भोजपुरले जनाएको छ ।













समाचार
चामे–बेँसीसहर सडक अवरुद्ध
बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग
उपत्यकाका १००० भन्दा बढी पसलमा ११० रुपैयाँ किलोमा चिनी सर्वसुलभ रूपमा पाइने सरकारको दाबी
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
भोटेकोशी बाढी प्रभावितका लागि एनसेलका कर्मचारीको ३३ लाख ५० हजार सहयोग
नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी नियुक्त
सेयर कारोबारमा पूँजीगत लाभकर घट्यो
गभर्नरको कार्यकाल ३ वर्ष बनाउने प्रस्ताव अर्थ समितिबाट पारित
नबिल बैंकको साधारण सभा २२ गते, बुक क्लोज कहिले ?
असोज १ देखि सार्वजनिक सवारीसाधनको दर्ता खुला