
काठमाडौं । पछिल्ला दिनहरु नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । पछिल्लो एक साताको अवधिमा सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले बढेको हो ।
गत मंसिर १९ गते शुक्रबार २ लाख ५२ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य मंसिर २६ गते शुक्रबार आइपुग्दा प्रतितोला २ लाख ५६ हजार ४०० रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत मंसिर २१ गते आइतबार २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भयो । त्यस्तै, मंसिर २२ गते २ लाख ५२ हजार ९०० रुपैयाँ प्रतितोलामा सुनको कारोबार भयो ।
त्यस्तै, मंसिर २३ गते २ लाख ५१ हजार ९०० रुपैयाँ, मंसिर २४ गते २ लाख ५२ हजार १०० रुपैयाँ, मंसिर २५ गते २ लाख ५३ हजार १०० रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको महासंघले जनाएको छ । मंसिर २५ गते बिहीबारको तुलनामा शुक्रबार एकैदिन सुनको मूल्य प्रतितोला ३ हजार ५०० रुपैयाँ वृद्धि भएको छ । पछिल्ला दिनहरुमा सुनको मूल्य पुनः बढ्न थालेको सुन व्यवसायीहरु बताउँछन् । सुनको मूल्य लगातार बढ्नुमा केही आन्तरिक र बाह्य कारण रहेको व्यवसायी बताउँछन् । अहिले लगनको महिना भएकाले नयाँ सुनका गहना खरिद गर्ने हुँदा त्यसको मूल्य स्वभाविक रुपमा बढ्ने उनको बुझाइ छ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै