
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक राताम्य भएर बन्द भएको छ । अघिल्लो दिन अर्धशतक अंकले बढेको बजार आज ३८.१० अंकले घटेर २७८१ विन्दुमा पुगेको हो । आज सेयर बजार अघिल्लो दिनको भन्दा १.३५ अंकले घटेको हो ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५.७४ अंकले घटेर ४७७.६८ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.१८ प्रतिशतले कम हो । आज सेयर बजारमा २२७ कम्पनीको सेयर मूल्य घटेको छ । भने २४ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको मात्रै बढेको छ ।
आज परिसूचक घटेपनि कारोबार रकम भने केही बढेको छ । आज सेयर बजारमा ३२२ कम्पनीका १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता सेयर ७८ हजार ३७९ पटक खरिद बिक्री हुँदा ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन सेयर बजारमा ७ अर्ब माथिको कारोबार भएको थियो । आज विकास हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू