
काठमाडौं । यो साता नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । यो साता सुन तोलामा ५ हजार ७०० रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको हो ।
साताको पहिलो दिन अर्थात आइतबार प्रतितोला १ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन अन्तिम दिन शुक्रबार १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यो साताको सोमबार सुन तोलामा ३ हजार ७०० रुपैयाँ घटेर १ लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै मंगलबार २ हजार रुपैयाँ घटेर १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन, बुधबार ५०० रुपैयाँ बढेर १ लाख ८५ हजार ३०० रुपैयाँमा, बिहीबार ३ हजार ५०० रुपैयाँ घटेर १ लाख ८१ हजार ८०० रुपैयाँमा र शुक्रबार ३०० रुपैयाँ बढेर १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा लगानीकर्तामा परेको सकारात्मक प्रभाव र विश्वव्यापी व्यापारमा देखिएको अनिश्चितता कम हुने संकेत देखिएतापनि अझै धेरै जोखिमहरु बाँकी नै रहनुका साथै अमेरिका र चीनबीच देखिएको व्यापार द्वन्द्व केही मत्थर भएतापनि आर्थिक बजारमा अन्योलता छाएकोले सुनको मूल्यमा उतारचढाव भइरहेको विश्लेषकहरुको भनाइ छ। यस साता चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ । आइतबार तोलाको १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी, शुक्रबार १ हजार ९४५ रुपैयाँमा कारोबार भएको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू