
काठमाडौं । यो साता सेयर बजारमा सामान्य गिरावट आएको छ । गत साताको तुलनामा यो साता सेयर बजार परिसूचक २ अंकले घटेको हो ।
गत साता २६७७ अंकमा रहेको बजार यो साता २६७५ अंकमा झ¥यो । तिहारपछि खुलेको बजारमा यो साता दुई दिन मात्रै कारोबार भयो । दुई दिन नै बजार झिनो अंकमा घट्यो । मंगलबार ०.२१ र बुधबार १.८८ अंक घटेको हो । बिहीबार छठ पर्वका कारण बजार बन्द रह्यो । बजार घट्दा कारोबार रकम पनि घटेको छ ।
गत साताको अन्तिम दिन ५ अर्ब ९५ करोडको कारोबार भएकोमा यो साताको अन्तिम दिन ५ अर्ब २२ करोडको भयो । मुख्य चाडपर्वहरु सकिएसँगै आइतबारदेखि बजार खुल्नेछ ।
हाइड्रोपावर धेरै बढ्दा बैंकिङ घट्यो
यो साता हाइड्रोपावर सेक्टर सबैभन्दा धेरै १.२५ प्रतिशत बढ्यो । यो साता मूल्य धेरै बढेका टप १० कम्पनीमा अधिकांश हाइड्रोपावर कम्पनी रहे । हाइड्रोपावर कम्पनीहरूको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण राम्रो आउने लगानीकर्ताको अनुमान छ । बैंकको घटेको ब्याजदरको प्रभावले वित्तीय लागत घट्ने र त्यसले नाफामा टेवा पुग्ने लगानीकर्ताको अनुमान छ । शुक्रबार मात्रै वित्तीय विवरण सार्वजनिक गरेको सुपरमादी हाइड्रोपावरको वित्तीय लागत घटेकै कारण नाफा ५० प्रतिशतले बढेको छ ।
कम्पनीको बिक्री आम्दानी घट्दा पनि नाफामा उच्च वृद्धि देखिनुको प्रमुख कारण नै वित्तीय लागत घट्नु हो । यस्तै प्रकारले अन्य कम्पनीको वित्तीय विवरण पनि राम्रो आउने लगानीकर्ताको अनुमान छ । बैंकिङ सेक्टर भने सबैभन्दा धेरै घटेको छ । बैंकहरुको वित्तीय विवरण सार्वजनिक भएपछि नै यो सेक्टरप्रति लगानीकर्ता उत्साहित हुन सकेका छैनन् ।
वित्तीय विवरणअनुसार कर्जा असुलीमा बैंकहरु असफल देखिएपछि लगानीकर्तामा उत्साह नदेखिएको हो । निष्क्रिय कर्जा बढ्नु, बिजनेस घट्नुले आगामी दिनमा पनि वित्तीय स्थिति कमजोर नै रहने शंका लगानीकर्तामा बढाएको छ ।
उच्च कारोबार भएका कम्पनी
यो साता रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा नेपाल फाइनान्स सबैभन्दा माथि रह्यो । सो कम्पनीको ६५ करोड रुपैयाँ बराबरको कारोबार भयो । नेपाल फाइनान्सपछि रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा सानिमा जीआईसी इन्स्योरेन्स, समृद्धि फाइनान्स, पिपुल्स पावर, एनएलजी इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड मोदी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र साहस ऊर्जा क्रमशः अगाडि रहे ।
कारोबार संख्याका आधारमा भने नेपाल फाइनान्स, समृद्धि फाइनान्स, सानिमा जीआईसी इन्स्योरेन्स, लिबर्टी इनर्जी, मध्यभोटेकोशी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, पिपुल्स हाइड्रोपावर, सामलिङ पावर, रसुवागढी हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि रहे ।













समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला